

विप्लव नेतृत्वको नेकपाले भोलि १ गते जनयुद्ध दिवस मनाउने
२९ माघ,बाँके । विप्लव नेतृत्वकोे नेकपाले फागुन १ गते देशभर २७ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउदैछ ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीले २०५२ साल फागुन १ गते सामन्ती राजतन्त्रात्मक संसदीय व्यवस्थाका विरुद्ध जनवादी सत्ता स्थापना गर्दै समाजवाद हुदै साम्यवाद सम्म पुग्ने उद्देश्य वोकी हतियार उठाएर जनयुद्ध घोषणा गरेको दिनको स्मरण गर्दै जनयुद्ध दिवस मनाउने गरिन्छ ।नेकपाले फागुन १ गते केन्द्र देखि जिल्ला तह सम्म विभिन्न रचनात्मक काम गरी शुभकामना आदान प्रदान गरी जनयुद्ध दिवस मनाउन लागेको हो ।
जनयुद्ध दिवसका अवसरमा फागुन–१४ गते देखि २१ गतेसम्म सहिद सप्ताह पर्ने भएकाले सहिद परिवार भेटघाट,अभिनन्दन लगायतका विभिन्न कार्यक्रम गरी यो सप्ताह पनि मनाउन लागेको नेकपाले जनाएको छ ।
जनयुद्धले उठाएका राजनीतिक मुद्दाहरु राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु समाधान नभएको भन्दै नेकपाले अझै थप संकट बल्झिदै गएको अवस्थामा जनयुद्ध दिवस र सहिद दिवस मनाउनु क्रान्तिको उद्घोष हुने वताएको छ ।
सामन्तवाद र साम्राज्यवादका विरुद्ध निर्णायक लडाइँ लडेर नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने मूल उद्देश्य राखेर सुरु गरिएको जनयुद्ध दशवर्ष सम्म सञ्चालन भएको थियो ।
दशवर्षे जनयुद्धकै बलमा सामन्तवादको राजनीतिक प्रतिनिधिको रुपमा रहेको सामन्ती राजतन्त्रको अन्त्य भएर लोकतान्त्रिक गणतन्त्रको घोषणा भए पनि साम्राज्यवादका विरुद्ध लडेर राष्ट्रलाई पूर्ण रुपमा स्वाधीन र आत्मनिर्भर बनाउने कार्यभार भने अझै बाँकी रहेको छ ।
जनयुद्ध र जनआन्दोलनले स्थापित लोकतान्त्रिक गणतन्त्र पनि अहिले दलाल तथा नोकरशाही पुँजीपति वर्गको हातमा पुगेको छ ।
यो सत्ता र व्यवस्थाले अहिले तिनै साम्राज्यवादी शक्तिको दलाली गरेर आफ्नो सत्ता टिकाउने खेलमा दौडधुप गरिरहेको र क्रान्तिकारी परिवर्तनको प्रक्रियालाई अबरुद्ध पारेको नेकपाको ठहर छ ।
जनयुद्धको बाँकी कार्यभार पूरा गर्न नेपालमा दलाल पँुजीवादी व्यवस्थाको अन्त्य गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापित गर्नु मुख्य कार्याभार भएको नेकपाले वताएको छ।
समाज
थप सामाग्री
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
९ घण्टा अगाडि
1.9kViews 251 Shares Share on Facebook Share on Twitter काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक…



