

कामु प्रधानन्यायाधीश कार्कीले न्यायाधीशसँग अनौपचारिक छलफल गर्दै
काठमाडौं : सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सोमबार अनौपचारिक छलफलका लागि सर्वोच्चका न्यायाधीशलाई बोलाएका छन् । सोमबार दिउँसो साढे १ बजे सर्वोच्च अदालत कामु प्रधानन्यायाधीश कार्कीले अनौपचारिक छलफल गर्न बैठक बोलाएका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि अब कसरी अगाडि बढ्ने विषयमा छलफल बैठक बोलाएका हुन्। जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनी स्वतःनिलम्वनमा परेपछि कायममुकायम प्रधानन्यायाधीशमा कार्की तोकिएका छन्। प्रधानन्यायाधीशको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीशलेकार्यसम्पादन गर्ने परम्पराअनुसार उनले जिम्मेवारी पाउने भएका हुन् । महाभियोगको टुंगो नलागेसम्म निलम्बनमा रहने र कुनै कामकारबाही गर्न नपाउने संवैधानिक व्यवस्था छ। प्रतिनिधिसभा नियमावलीको नियम १६१ (९) मा लेखिएको छ, ‘उपनियम (१) र (८) बमोजिम महाभियोगको कारबाही प्रारम्भ भएपछि आरोपित नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न पाउने छैन।’ संसद्मा महाभियोगको प्रस्तावमा पारित हुन दुई तिहाई बहुमत आवश्यक छ। दुई तिहाई बहुमतले पारित नभए जबरा पुन सर्वोच्चमा फर्कनेछन्। ‘कुनै पदाधिकारीको विरुद्धमा यस परिच्छेदबमोजिम प्रस्तुत प्रस्तावमा छानबिन गरी महाभियोग प्रमाणित हुन्छ भन्ने ठहरका साथ महाभियोग सिफारिस समितिले पेस गरेको प्रतिवेदन प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भएमा सम्बन्धित पदाधिकारी पदमुक्त हुनेछ,’ नियम १६६ (६) मा लेखिएको छ।
समाज
थप सामाग्री
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
९ घण्टा अगाडि
1.9kViews 251 Shares Share on Facebook Share on Twitter काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक…



