

गड्डाचौकी नाका खुल्याे
14.9kViews
0
Shares
धनगडी, ३ फागुन । भारतको उत्तराखण्ड प्रदेशमा भएको निर्वाचनका क्रममा बन्द गरिएको कञ्चनपुको गड्डाचौकी नाका खुला गरिएकाे छ । उत्तराखण्डमा निर्वाचन सकिएसँगै सोमबार साँझदेखि नाका खुला गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
नाका खुला गरिएसँगै आवतजावत सुरु गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए । भारतको उत्तराखण्डसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका शुक्रबार साँझदेखि ७२ घण्टाका लागि नाका बन्द गरिएको थियो ।
गड्डाचौकी नाकासँगै उत्तराखण्डसँग सिमाना जोडिएका बैतडी र दार्चुलाका नाकासमेत ७२ घण्टाका लागि बन्द गरिएका थिए ।
Facebook Comments Box
समाज
थप सामाग्री
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
९ घण्टा अगाडि
1.9kViews 251 Shares Share on Facebook Share on Twitter काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक…



