ताप्लेजुङ टपरी गाँस्ने प्रतियोगिता

ताप्लेजुङ । ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता आयोजना गरिएको छ । नेपाली संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यले टपरी गाँस्ने प्रतियोगिताको आयोजना गरिएको हो । पछिल्लो समयमा गाउँघरमा टपरीको प्रयोग कम हुँदै गएपछि यसको टपरी गाँस्ने सीप पनि हराउने जोखिम बढेकाले यो सीपको संरक्षण गरी टपरीको प्रयोग कायम गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र नेपाल पर्यटन बोर्डको सहकार्यमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा मङ्गलबारदेखि सुरु भएको औद्योगिक, कृषि तथा पर्यटन मेलामा प्रतियोगिता आयोजना गरिएको हो ।विभिन्न समूह तथा सङ्घ संस्थाले टपरीको विकल्पमा प्लास्टिकका थाललगायतका सामग्री प्रयोग बढाएसँगै टपरीको प्रयोग हराउन थालेको छ । तर अहिले पनि पूजापाठ जस्ता कार्यमा भने टपरीको प्रयोग भइरहेको छ ।

टपरी बुन्ने सीप जोगाउने उद्देश्यले प्रतियोगिता नै गर्नुपरेको आयोजकको भनाइ छ । मेलाको तेस्रो दिन आज टपरी गाँस्ने प्रतियोगिताको आयोजना गरिएको हो । टपरी गाँस्ने प्रतियोगितामा ५० जना सहभागी थिए । प्रतियोगितामा दुईजना पुरुष र बाँकी महिलाको सहभागिता रहेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घका सचिव हर्कराज गुरुङले बताए ।

टपरी सालको पातलाई बाँसको सिन्काले गाँसेर तयार गरिने थाली जस्तो एक भाँडो हो । यो विभिन्न आकारमा तयार गर्न सकिन्छ । टपरीको प्रयोग प्रायःविवाह, व्रतबन्ध, न्वारनलगायतका काममा प्रयोग हुन्छन् ।

विवाहमा बरनीको लागि तयार गरिने टपरी तीन हात ब्याससम्मको ठूलो हुन्छ । रासस

Facebook Comments Box
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
१६ घण्टा अगाडि

1.6kViews 200 Shares Share on Facebook Share on Twitter झापा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागू औषध तथा…

TOP
Shares