

नेकपा गठन भएसँगै षडयन्त्र सुरु भयो : अध्यक्ष दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षडयन्त्र सुरु भएको बताउनुभएको छ । धनगढीमा आज आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले नेकपा ९एमाले०सँग पार्टी एकता गरेर गलत नगरेको बताउँदै पार्टी एकतापछि माओवादी आन्दोलनलाई समाप्त पार्न देशीविदेशी शक्तिले षडयन्त्र सुरु गरेको बताउनुभयो । उहाँले माओवादी जनयुद्धको बलमा प्राप्त सङ्घीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिङअन्तर्गत षडयन्त्र भएको बताउँदै केपी ओलीले ठूलो षडयन्त्रअन्तर्गत संसद् विघटन गरेको जिकीर गर्नुभयो । उहाँले भन्नुभयो, “विदेशी शक्ति, न्यायालय र प्रतिक्रियावादीको सेटिङले माओवादी नेतृत्वलाई सिध्याउने डिजाइन गर्नका लागि गरिएको षडयन्त्र थियो ।” लाखौँको सङ्ख्यामा जनता आँधीहुरी जस्तै ओइरिएपछि देशीविदेशी सेटिङ असफल भएको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले माओवादी केन्द्रको निर्णायक भूमिकाले प्रतिगमन परास्त भएको बताउँदै दोस्रोपटकसमेत प्रतिगमनकारीले संविधानमाथि प्रहार गरेर संसद् विघटन भएकाले आफूले गठबन्धन निर्माणको पहल गरेको बताउनुभयो । निर्वाचनमा एमालेसँग गठबन्धन गरेसँगै पार्टी एकता गरिएको बताउँदै उहाँले पार्टीलाई एकढिक्का बनाउन लड्दालड्दै विभाजित हुन पुगेको बताउनुभयो । पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्नेगरी जानुपर्छ भन्ने हो उहाँले भन्नुभयो, “तालमेलको सम्भावना भयो भने गठबन्धनका दलसँगको तालमेललाई नै प्राथमिकता दिएर जाने हो ।” अध्यक्ष दाहालले गठबन्धन दलका शीर्ष नेतृत्वले गठबन्धनलाई तीनै तहको निर्वाचनसम्म अगाडि लिएर जाने कुरामा द्विविधामा नहरेको बताउनुभयो । उहाँले एमसिसी जस्ताको त्यस्तै पारित नगरी संशोधन गरेर पारित गरिएको बताउनुभयो । रासस
समाज
थप सामाग्री
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
९ घण्टा अगाडि
1.9kViews 251 Shares Share on Facebook Share on Twitter काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक…



