

सिराहामा जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
सिराहा । सिराहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नपा १ लडाडामा लागेको मेलामा शुक्रवार राति नाच हेर्न गएको बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका ३ गोलामुक्सार गोलाका ७४ वर्षीय तुलबहादुर आले मगरको मृत्यु भएको हो ।साथीहरूसँग नाच हेर्न गएको वेला गोलबजार नपा १ कै गुलरियामा एक्कासि हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको हुनसक्ने वडा नम्बर ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए ।घटना लगतै पुगेका प्रहरी सहितले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर डुपेन्द्र प्रसाद बुढाथोकीले जानकारी दिए । अहिले हात्ती पूर्वतर्फ गएको भन्ने जानकारी गाएको इन्स्पेक्टर बुढाथोकी जानकारी दिए । हात्तीले पटक–पटक यस क्षेत्रमा मान्छेमाथि हमला गरेकाले यसलाई नियन्त्रण गर्न वन र राष्ट्रिय निकुञ्जसँग समन्वय गर्ने कार्य भइरहेको उनले बताए ।शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल लहान लगिएको छ ।
यस अघि पनि गत फागुन २३ गते गोलबजार नपा ३ जमदह पुरानोडिहका २२ वर्षीय देव प्रसाद सदाको हात्ती आक्रमणबाट मृत्यु भएको थियो ।
होलिका दिन भएकाले साथीहरूसँग गाउँ नजिकैको जङ्गलमा घुम्न गएको बेला हात्ती आक्रमणबाट घाइते भएका सदाको उपचारको क्रममा मृत्यु भएको थियो ।
समाज
थप सामाग्री-
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
-
उत्कृष्ट कार्यसम्पादन गर्न जिल्ला प्रहरी प्रमुखहरूलाई डिआइजी भट्टराईको कडा निर्देशन
-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
१७ घण्टा अगाडि
1.6kViews 200 Shares Share on Facebook Share on Twitter झापा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागू औषध तथा…



