मिटरब्याज पीडितलाई राहतभन्दा आहत

काठमाडौंको चर्चित रत्नपार्क पारिपट्टि रानीपोखरीछेउमै शान्तिवाटिका छ। राजनीतिक परिवर्तनका लागि भएका आन्दोलन, ती आन्दोलनका सहिद, घाइते र २०४६ को राजनीतिक परिवर्तनका नेतृत्वकर्तामध्ये एक गणेशमान सिंहको स्मृतिमा उक्त शान्तिवाटिका स्थापना भएको हो।त्यही शान्तिवाटिका सोमबार एकाएक अशान्त बन्यो। त्यहाँको शान्ति बिथोलियो। त्यहाँ प्रहरीका लाठी बज्रिए, ढुंगा हानाहान भयो। प्रहरीले पानीका फोहरा बर्सायो। शान्तिवाटिकामा झन्डै महिना दिनदेखि देशका विभिन्न जिल्लाबाट आएका मिटरब्याजपीडित बसेका छन्। महोत्तरीको बर्दिबासबाट पैदल हिँडेरै चैत १३ गते काठमाडौं आएका मिटरब्याजपीडितको पहिलो समूह शान्तिवाटिकामा बसेको थियो। त्यो समूह सरकारसँग पाँचबुँदे सहमति गरेर फर्किएको थियो। त्यसपछि विभिन्न जिल्लाबाट आएका मिटरब्याजपीडित चैत २० गतेदेखि शान्तिवाटिकामै बसेका छन्। काठमाडौं आएका मिटरब्याजपीडितको यो दोस्रो समूहले सरकारलाई माग पूरा गर्न दबाब दिइरहेको छ।आन्दोलनकै क्रममा सोमबार मिटरब्याजपीडित मार्चपास्टसहित सिंहदरबार घेर्ने र गिरफ्तारी दिने योजनामा थिए। यसबारे प्रहरी वृत्त दरबारमार्गकी प्रहरी प्रमुख कोपिला चुँडाललाई जानकारीसमेत दिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताए ।  यो समाचार नागरिक दैनिकमा छ ।

Facebook Comments Box
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
१९ घण्टा अगाडि

1.6kViews 200 Shares Share on Facebook Share on Twitter झापा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागू औषध तथा…

TOP
Shares