

सशस्त्र प्रहरी बलमा कुनै राजनीतिक हस्तक्षेप भएको छैन : आईजीपी अर्याल
काठमाडौँ, १८ बैशाख । सशस्त्र प्रहरी बलको मुख्यालयमा आज सोमबार संचारकर्मी र सशस्त्र प्रहरीबीच मैत्रीपूर्ण फुटबल आयोजनापछि पत्रकारहरुसँग सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले परिचयात्मक कार्यक्रम राखेका थिए ।
सो कार्यक्रममा पत्रकारहरुसँग सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सङ्गठनमा राजनीतिक हस्तक्षेप नभएको बताएका छन् । सोमबार सशस्त्र प्रहरी मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अर्यालले राजनीतिक हस्तक्षेप नभएको दाबी गरेका हुन् ।
सशस्त्र प्रहरी नियमावली र कार्यविधि अनुसार सरुवा र बढुवा गरेको अर्यालले बताए । उनले भने, ‘योग्यता र क्षमता अनुसार सरुवा र बढुवा गरेका छौँ ।’
सशस्त्र प्रहरीको जनशक्ति कम भएको उल्लेख गर्दै आईजीपी अर्यालले थोरै जनशक्तिको बावजुद पनि सिमानामा बिओपीको संख्या थप्ने बताए । अर्यालले भने–‘जनशक्ति नथपिए पनि बोर्डर आउट पोस्ट थपेका छौँ ।’
संरचनात्मक कार्य अन्तर्गत सशस्त्र प्रहरीले सीमा सुरक्षा चौकीहरू थप गर्दै लाने योजना बनाएको छ । पछिल्लो समय झापा, बारा, दाङ, बर्दिया र दार्चुला लगायतका २१ ठाउँमा बिओपी स्थापना गरिएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार बिओपीको संख्या २ सय ४९ पुगेको छ । 
समाज
थप सामाग्री-
नागरिकले मुद्दाको सुनुवाइका लागि पटकपटक काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुन पर्छ ः अधिवत्ता बिष्णु गिरी
-
राहदानी छपाइ भ्रष्टाचार मुद्दामा एसपीको नाम जोडियो, अनुसन्धानमा साक्षीका रूपमा उल्लेख
-
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
-
उत्कृष्ट कार्यसम्पादन गर्न जिल्ला प्रहरी प्रमुखहरूलाई डिआइजी भट्टराईको कडा निर्देशन
-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
२० घण्टा अगाडि
2.1kViews 387 Shares Share on Facebook Share on Twitter काठमाडौं । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत सहायक हवल्दार अंकित…



