अस्थायी बाँध बाँधेर सिँचाइ गर्न बाध्य हुँदै किसान

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका किसानले भेडवा नदीमा अस्थायी बाँध बाँधेर खेतमा सिँचाइ गर्न थालेका छन् । अकाशेपानीमा आश्रित किसानहरु साउनको तेस्रो सातासम्म पनि पर्याप्त पानी नपर्दा अस्थायी बाँध बाँधेर सिँचाइ गर्न बाध्य भएका हुन् ।

कल्याणपुर नगरपालिका–४ का वडाध्यक्ष प्रजितकुमार यादवका अनुसार स्थानीय किसानको जनश्रमदान र नगरपालिको सहयोगमा सिँचाइ उपलब्ध गराइएको बताए । उनले यसपाली  समयमा धान रोपाइँ नभएकाले धान उत्पादन घट्ने अनुमान गरे ।

भेडवा नदीमा किसानले बाँधेको अस्थायी बाँधले कल्याणपुर नगरपालिकाको  वडा४, ५, ६ का  विष्णुपुर प्रारा, चिकना, भोक्राहा, डरौलका हजारौँ बिघा जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । सबै क्षेत्रमा पानी पुग्न करिब १० दिन लाग्ने अनुमान गरिएको छ । पानी खेतमा जान थालेपछि किसान खुसी भएका छन् ।

Facebook Comments Box
TOP
Shares