

आज इद र अक्षय त्रितीया पर्व मनाउँदै
महोत्तरी ।मिथिलामा आज हिन्दू र इस्लाम धर्मावलम्बीले आ–आफ्ना परम्पराका पर्व मनाउँदैछन् ।आज इस्लाम धर्मावलम्बीले इद–उल–फित्र र हिन्दू धर्मावलम्बीले अक्षय त्रितीया पर्व मनाउँदैछन् ।
इस्लाम परम्परामा एकमहिने रमजान व्रत पूरा भएको भोलिपल्ट इद–उल–फित्र मनाउने परम्परा छ । बोलीचालीमा इद भनिने इस्लाम परम्पराको यो मुख्य पर्व मानिन्छ । रमजान उर्दू (हिजरी) संवत्अनुसार नवौँ महिना हो । यसै महिनामा पवित्र इस्लाम ग्रन्थ कुरान पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ । यो महिनामा गरिने रोजा (व्रत)ले अल्लाह (ईश्वर)को कृपादृष्टि प्राप्त हुने धार्मिक मत छ । रमजान महिनामा दिनभरि अन्नजल केही नखाइ कठोर व्रत गरेपछि हिजरी संवत् परम्पराको १०औँ महिना सौव्वाल प्रारम्भ भएकै दिन इद मनाइन्छ ।
चन्द्रमाको गतिका आधारमा तय गरिने इदपर्व रमजान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि (सामान्यत द्वितीयाका दिन) त्यसको भोलिपल्ट मनाइने इस्लाम परम्परा छ । सामान्यतया ३० दिन रोजा पूरा भएपछि मनाइने यो पर्वबारे तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्माधिकारी)ले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट इद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकाहीँ फरक–फरक क्षेत्रमा दिन पनि फरक पर्ने गरेको छ ।
इदपर्वमा अल्लाह (ईश्वर)का नाममा विशेष नमाज(प्रार्थना) अदा (अर्पण) गर्ने इस्लाम परम्परा छ । इदका दिन कुरान (मुख्य धार्मिकग्रन्थ) मोल्वी (धर्मगुरु)ले वाचन गरेर सद्विचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवई (गहुँको पिठोबाट बनाइएको खाद्य वस्तु)को खिर र मिष्ठान्न परिकार खाने ख्वाउने चलन छ ।
पर्वमा बस्तीभित्रको मस्जिद (धार्मिक अनुष्ठानबाट पवित्र बनाइएको प्रार्थनास्थल)मा सबै पुरुष जम्मा भएर सामूहिक नमाज अदा गर्ने परम्परा छ । विगतका दुई वर्ष कोभिड–१९ महाव्याधि प्रकोपले सामूहिक तवरले इद मनाउन नपाएका इस्लाम धर्मावलम्बीले यसपालि बल्ल मन फुकाएर चाड मनाउन पाइएको बताएका छन् । इदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ ९आफ्नो कमाइको २.५ प्रतिशत कोषमा बुझाउने रकम(दिने परम्परा छ । प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गरेको भङ्गाहा–४ रामनगरका ८० वर्षीय हाजी ९मक्का मदिना गएर विशेष धार्मिक अनुष्ठान गर्नेलाई दिइने उपाधि० बिहारी अन्सारी बताउनुहुन्छ ।
त्यसैगरी आज नै मिथिला क्षेत्रका हिन्दू अक्षय त्रितीया मनाउँदैछन् । भोका र तिर्खाएका बटुवालाई शीतल मानिने जौँ र चनाको सातु एवं चिसो पानीको सर्वत खुवाउँदै आज महोत्तरीसहितका मधेस प्रदेशका प्राचीन मिथिला क्षेत्रमा अक्षय त्रितीया पर्व मनाइँदै छ । वैशाख शुक्ल त्रितीयाका दिन मनाइने यो पर्वमा सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जौँ र चनाको सातु, सख्खर र चिसो पानीमा बनाइएको गुलियो सर्वत खुवाउने हिन्दू मैथिल परम्परा छ ।
यस पर्वमा गर्मीले आकुल–व्याकुल भएका पथिक ९बटुवा०लाई शीतलता दिने जौँ र चनाको सातु, सख्खर, चिसो पानीमा बनाइएको सर्वत र मिष्ठान्न परिकार खुवाएमा अक्षय ९कहिल्यै नास नहुने० पुण्यप्राप्त हुने मैथिल ९मिथिलावासीकोे० जनविश्वास रहेको छ । पर्वमा गरिब र अभाव भोगी, खेपी रहेकालाई सातु राखिएका थैला र सर्वत राखिएको घडासहितै दान गर्ने परम्परासमेत रहेको मिथिला परम्पराका ज्ञाता महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस ९विद्यापीठ०का सहप्राध्यापक ध्रुव रायले जानकारी दिनुभयो ।
अक्षय त्रितीया पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ । भगवान् शिव र देवी पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण, कूलपुरोहित तथा गरिबहरूलाई स्वर्ण ९सुन०, शीतल खाद्य परिकार र वस्त्र दान गरे कहिल्यै भण्डार खाली नहुने भविष्य पुराणमा उल्लेख रहेको बर्दिवास–२ का बासिन्दा कर्मकाण्डका ज्ञाता महेशकुमार झाले बताउनुभयो ।
गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने भएकाले शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सख्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिबद्र्धक अन्न जौँको सातुको प्रयोगमा अक्षय त्रितीया पर्वले जोड दिएको छ । सुख र समृद्धिको प्रतीक हुनका साथै यो पर्वले स्वास्थ्य सन्देश दिएको बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झाको भनाइ छ । पर्वले मौसमानुसार पुष्टिवद्र्धक भोजन गर्न सन्देश दिनसँगै दिनदुःखी र भोकाएका, तिर्खाएकालाई सेवा दिन नैतिक सन्देससमेत दिएको पाका मैथिल बताउँछन् ।
पर्वमा कुल पुरोहित ब्राह्मणलाई पूजा गरेर वस्त्र, मिष्ठान्न खाद्य परिकार र दक्षिणा दिएर आपूm र परिवारले जीवनमा शीतलताको कामना गर्दै जाँै, चनाको सातु र सर्वत खाएर यो पर्व समापन गरिने मैथिल परम्परा छ । भगवान् शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, नानीहरूको अन्नप्रासन र विवाहलगायतका शुभकार्यका लागि अर्को साइत हेर्न नपर्ने आम मैथिल मान्यता छ । हिन्दू र इस्लाम परम्पराका पर्व एकै दिन पर्दा दुवै समुदायमा आज खुसी र उमङ्ग छाएको छ । सरकारले इस्लाम परम्पराको मुख्य पर्व इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
समाज
थप सामाग्री
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
१७ घण्टा अगाडि
2.1kViews 251 Shares Share on Facebook Share on Twitter काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक…



