ज्यान मार्ने उद्योगका फरार सुन्दास तीनवर्ष पछि पक्राउ

काठमाडौं बैशाख  २३ , कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका फरार अभियुक्त काठमाडौं चन्द्रागिरी नगरपालिका नैकाप बस्ने सिन्धुली कमलामाई नगरपालिका-१० ठेगाना भएका २५ वर्षीय मुण्डा भन्ने सरोज सुन्दासलाई घटनाको ३ वर्षपछि बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ ।

काठमाडौं महानगरपालिका-३२ तिनकुने गैरीगाउँस्थित पेट्रोल पम्प नजिक महेश परियार, मनिष बाँनिया र सरोज सुन्दास समेतले २०७५ मंसिर ८ गते दिउँसो धारिलो हतियार चक्कु प्रहार गरी बिक्कि थेबे लिम्बुको हत्या गरेको र अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाएको घटनामा संलग्न रही वारदात पश्चात फरार रहेका सुन्दास नैकापमा लुकिछिपी बसिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई नैकापबाट पक्राउ गरेको हो ।

साथै सोही घटनामा संलग्न महेश परियार र मनिष बाँनियालाई घटना भएको दिन नै काठमाडौं तारकेश्वर नगरपालिका-१ साङ्ला विहानी चोकबाट नियन्त्रणमा लिइ जिल्ला अदालत काठमाडौंको फैसलाले जन्म कैद सजाय भई हाल केन्द्रीय कारागारमा जेल सजाय भुक्तान गरिरहेका छन् ।

 सुन्दासलाई आवश्यक कारवाहीको लागि  जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

Facebook Comments Box
TOP
Shares