सुभाष अग्रवालको तिकडम, प्रहरीसेटीङ्ग मा हुण्डीदेखि मिटर व्याज र ढुकुटीसम्म

काठमाडौं । काठमाडौंको प्रमुख व्यापारिक केन्द्र इन्द्रचोकस्थित आकाश भैरवको काखैमा सुभाष चन्द अग्रवालले अवैध धन्दा सञ्चालन गरिहेका छन् । इन्द्रचोकबाट असन जाने बाटोको समर बिल्डिङमा सामान्य पसलरुपी अफिस रहेको सुभाषको काम भने अपारको रहेको छ । प्रिन्सी कस्मेटिकको आवरणमा सुभाषले अवैध हुण्डीदेखि मिटर व्याज र ढुकुटीसम्मको कारोबार गर्ने गरेका छन् । देशको अर्थतन्त्रमा तरलता अभाव देखिए पनि सुभाषको अवैध धन्दा मौलाउँदै गएको छ । सुभाषले आफ्नै अफिसबाट हुण्डी÷चिठीको कारोबार गर्ने गरेका छन् । उनले अफिसबाटै मिटर व्याजको कारोबार गर्ने गरेको रमेश चाचान (नाम परिवर्तन)ले बताएका छन् ।
सुभाषले करोडौं रुपैयाँ मिटर व्याजमा लगानी गर्ने गरेको पनि उनले बताएका छन् । उनले अवैध ढुकुटीको समेत कारोबार गर्ने गरेका छन् । उनले मिटर व्याजमा लगानी गरेपछि व्याज र साँवाको चेक लिने, ऋणीलाई धम्काएर ठूलो रकमको चेक काट्न लगाउने र पैसा असुली गर्ने गरेको पीडितहरुको भनाइ छ । अग्रवालले  समस्यामा परेकाहरूलाई चर्को व्याजदरमा ऋण दिएर जमानीको रूपमा खाली चेकमा हस्ताक्षर गराउने वा जायजेथा आफ्नो नाममा पास गराउने गर्दै आएका छन् । उनले ५० प्रतिशतसम्म व्याज लगाउने र साँवाभन्दा तेब्बर व्याज लिए पनि कहिल्यै साँवा नै नसकिने चक्र निर्माण गरेर खाली चेकमा आफू अनुकूल रकम भरी चेक बाउन्स गराएर मुद्दा हाल्ने भन्दै धम्क्याउने गरेको पनि पीडितहरुले बताएका छन् ।पहिले–पहिले गाउँ–गाउँमा पुँजीपतिहरुले खेतबारीको तमसुक गराएर ३६ प्रतिशत व्याजमा पैसा लगाउँथे । दुई–तीन वर्ष साँवा–व्याज तिर्न नसकेपछि पुँजीपति वर्गहरुले खेतबारी नै खाइदिन्थे । त्यसपछि त्यो व्यक्तिको उठीबास हुन्थ्यो । त्यहाँ पनि घ्यू खुवाउनुपथ्र्यो । अर्कोतिर, महिनैपिच्छे व्याज लिन आएको बेलामा मिठोमसिनो खुवाउनै पथ्र्यो ।

पहिले–पहिले गाउँ–गाउँमा पुँजीपतिहरुले खेतबारीको तमसुक गराएर ३६ प्रतिशत व्याजमा पैसा लगाउँथे । दुई–तीन वर्ष साँवा–व्याज तिर्न नसकेपछि पुँजीपति वर्गहरुले खेतबारी नै खाइदिन्थे । त्यसपछि त्यो व्यक्तिको उठीबास हुन्थ्यो । त्यहाँ पनि घ्यू खुवाउनुपथ्र्यो । अर्कोतिर, महिनैपिच्छे व्याज लिन आएको बेलामा मिठोमसिनो खुवाउनै पथ्र्यो । आफ्ना बालबच्चालाई भोको पेट राखेर ती सामन्तीहरुको पेट भर्नुपर्ने बाध्यता थियो ।
कतिपयले पैसाचाहिँ दुई लाख दिन्थे तर कागज भने पाँच लाखको बनाउँथे । अक्षर नचिनेको फाइदा उठाउँदै सामन्ती वर्गहरुले यसरी लुट्ने गरेका थिए । यता, सिधासादा व्यक्तिले पनि उसले जहाँ भन्यो त्यहीँ ल्याप्चे लगाइदिन्थे । यता, साँवा–व्याज नै फिर्ता गरे पनि खेतबारी नै हडप्छन् । किनकि कतिपयले घरखेत नै नामसारी गरेर पैसा लिएका हुन्छन् । साँवा–व्याज फिर्ता गर्छु भन्दा पनि घरखेत फिर्ता नगर्दा ऊ त सडकमा आउँछ । अहिले पनि मिटर व्याजको नाममा सहरमै यस्तो कार्य भइरहेको छ । बजारमा मिटर ब्याजमा रकम लाउने र लिने छ्याप्छ्याप्ती भेटिन्छन् । सुभाषले विशेषतः सहकारी संस्थाहरु र व्यक्तिहरुमा यसरी मिटर व्याजमा लगानी गरेका छन् ।                                                            यसरी गर्छन् सुभाषले हुण्डी कारोबार
नेपालमा रेमिट्यान्स औपचारिक र अनौपचारिक माध्यमबाट आउने गर्छ । त्यसरी अनौपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्स हुण्डी हो । हुण्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका हो । दुवै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार हुने गरेको छ । नेपालबाट भारतमा पैसा पठाउन हुण्डीको भारतमा रहेको एजेन्टले नेपालको एजेन्टलाई खबर गर्छ । नेपालको एजेन्टलाई पैसा दिएपछि भारतको एजेन्टले आफ्नो व्यक्तिलाई पैसा उपलब्ध गराउँछ । यसबापत उनीहरूले केही प्रतिशत कमिशन लिने गर्छन् । यसरी हुण्डीको धन्दा गर्ने सुभाषले आईसीको समेत कारोबार गर्ने गरेका छन् । यस सम्बन्धमा सुभाषसँग प्रतिक्रिया लिन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Facebook Comments Box
TOP
Shares