
चीनमा एकै परिवारका ११ लाई मृत्युदण्डको सजाय

म्यानमारमा स्क्याम सेन्टर केन्द्र सञ्चालन गरेको कसुरमा चिनियाँ अदालतले एक माफिया परिवारका ११ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ।चीनको सरकारी सञ्चारमाध्यमका अनुसार परिवारका दर्जनौँ सदस्य आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको छ। परिवारका अन्य धेरै सदस्यलाई पनि लामो जेल सजाय सुनाइएको छ।
यो चिनियाँ माफिया परिवार म्यानमारको सानो सहर लौक्काई चलाउने चार जनजातिमध्ये एकका लागि काम गर्थ्यो। म्यानमार-चीन सीमानजिकै अवस्थित यो सहर जुवा, लागुपदार्थ र असंख्य स्क्याम सेन्टरको केन्द्र बन्यो।२०२३ मा म्यानमारले यो परिवारविरुद्ध कारबाही गर्दै धेरै सदस्यलाई पक्राउ गरी चिनियाँ अधिकारीलाई सुम्पियो। चीनको सरकारी प्रसारक सीसीटीभीका अनुसार, उत्तरी सहर वेन्झाउको एक अदालतले सोमबार माफिया परिवारका ३९ सदस्यविरुद्ध सजाय सुनाएको हो।
समाज
थप सामाग्री-
पर्साको सीमावर्ती क्षेत्रमा घुमुवा प्रहरी बनेर असुली गरेको आरोप लागेका अशोक वर्णवाल पक्राउ, मुद्दा नचलाउन नेतामार्फत दबाब
-
विजया दशमीको तेस्रो दिन पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै
-
आज कार्तिक ५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
बडादसैँमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुट
-
आईजीपी दानबहादुर कार्कीद्वारा मौलो पूजा, निशानमा पञ्जाछाप
नवदुर्गाको विशेष पूजा आराधना गर्दै आज महानवमी पर्व मनाइँदै
४ दिन अगाडि
1.9kViews 0 Shares Share on Facebook Share on Twitter काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व…





