

ओली र लेखकविरुद्धको जाहेरी आयोगमा पुग्यो

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ ।
सुदन गुरुङलगातको सक्रियतामा जेनजी समूहले जेनजी आन्दोलनमा दमनकारी भूमिका निभाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न मंगलबार दिएको जाहेरी बुझेर प्रहरीले थप अनुसन्धानका लागि भन्दै कार्की नेतृत्वको आयोगमा पठाएको हो । यद्यपि प्रहरी आफैले भने सो जाहेरी दर्ता नगरेको बताइएको छ ।
परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जाहेरी लिएर थप अनुसन्धानका लागि कार्की नेतृत्वको आयोगमा पठाइएको जानकारी दिए । ‘हामीले जाहेरी लियौँ र जाँचबुझ आयोगमा अनुसन्धानका लागि पठायौँ,’ प्रवक्ता भट्टराईले भने, ‘दर्ता नगरी आयोगको कार्यक्षेत्र पर्ने भएकाले आयोगमा पठाइदिएका हौँ । पत्र यहाँबाट आयोगमा गइसक्यो ।’
समाज
थप सामाग्री-
देवानगञ्ज घटनामा सरकारलाई अल्टिमेटम, शहीद घोषणा र राहत–रोजगारी तत्काल दिन माग
-
भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी
-
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, वर्षामै लामबद्ध भएर दर्शन
-
चुनौतीका बीच आईजीपी दानबहादुर कार्कीको दृढ नेतृत्व : प्रहरी संगठन सुधारको अभियानमा अविचलित कार्की
-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
२ दिन अगाडि
2.2kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि प्रहरी वरिष्ठ उपरीक्षक…





