

नेपाली काँग्रेसको निकासका लागि भक्तपुरमा अगुवा भेला सम्पन्न
भक्तपुर ।
भक्तपुरमा आज नेपाली काँग्रेसको वर्तमान राजनीतिक अवस्थाको निकास विशेष महाधिवेशन नै भएको निष्कर्षसहित अगुवा नेताहरूको विशेष भेला सम्पन्न भएको छ ।
भेलाले विशेष महाधिवेशनमार्फत नयाँ नीति र सशक्त नेतृत्व चयन गरी आगामी फाल्गुण २१ गते हुने निर्वाचनमा एकताबद्ध रूपमा सहभागि हुनुपर्ने अभिमत जाहेर गरेको हो ।
विशेष भेलामा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भेषबहादुर कार्की, महासमिति सदस्यहरू विष्णुराज कार्की , सुरेश श्रेष्ठ, नेविसंघका पूर्व केन्द्रीय सदस्य एवं अधिवक्ता किरण न्यौपाने, महाधिवेशन प्रतिनिधिहरू मनोजकुमार थापा, सरु वानिया, संगिता फुयाँल लगायत विभिन्न वडा समितिका सभापतिहरू, क्षेत्रीय समिति पदाधिकारी तथा सदस्यहरू, नगर, प्रदेश कार्यसमितिका सदस्यहरू र वडा अध्यक्षहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
भेलाले यही २४ गते पत्रकार सम्मेलन आयोजना गर्ने, जिल्लास्तरीय अगुवा साथीहरूको वृहत् भेला गर्ने तथा २७ गते हुने विशेष महाधिवेशनलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सफल बनाउन सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ । साथै भक्तपुर जिल्लाका सम्पूर्ण शुभेच्छुक तथा समर्थकलाई सहभागी गराउन आवश्यक सबै तयारी कार्य अघि बढाउने सहमति भएको छ ।
कार्यक्रमपछि प्रतिक्रिया दिँदै नेपाली काँग्रेस भक्तपुरका पूर्व सहसचिव तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य अधिवक्ता किरण न्यौपानेले विशेष भेलाका निर्णयहरूले पार्टीलाई नयाँ ऊर्जा र दिशा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विशेष महाधिवेशन सफल पार्न सबै तहका नेता–कार्यकर्तालाई एकताबद्ध भएर लाग्न आग्रह समेत गर्नुभएको छ ।
समाज
थप सामाग्री-
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
२२ घण्टा अगाडि
1.6kViews 459 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद…



