

सिजपको लुम्बिनी प्रदेश समिति गठन अध्यक्षमा डम्बर र सचिबमा हेमराज
मिति २०८२ माघ १४ गते नेपालगन्ज । बालवालिकाको क्षेत्रमा क्रियाशिल संस्था बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को लुम्बिनी प्रदेश स्तरीय समिति गठन भएको छ । सिजपको प्रदेश स्तरीय सदस्य संस्थाहरुको आज भएको भेलाले बिग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारको अध्यक्षतामा ७ सदस्सीय प्रदेश समिति चयन गरेको छ । यसरी चयन भएको प्रदेश समितिको सचिबमा बास नेपालका निर्देशक हेमराज भट्ट चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा क्रमशः कमला सापकोटा, विकिरण गौतम, दिपसरा पुन र चिरन्जीवी ज्ञवाली चयन भएका छन् । समितिको एक जना सदस्य भने नव निर्वाचित प्रदेश समितिको पहिलो बैठकले मनोनित गर्ने गरि रिक्त राखिएको छ । सिजपका महासचिब राजु घिमिरेको अध्यक्षतामा भएको प्रविधिमैत्री भेलामा उपस्थित सहभागिहरुलाई स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश सिजप लुम्बिनी प्रदेश इन्चार्ज शिवलाल पाण्डेले गरेका थिए । भेलामा सिजपले गरिरहेको कार्य तथा प्रदेश समिति गठन तथा ब्यवस्थापन कार्यविधिका बिषयमा महासचिब राजु घिमिरेले प्रस्तुतीकरण गरेका थिए । समितिको कार्यकाल २ बर्षको रहनेछ । बालवालिका शान्ति क्षेत्र अभियान ९सिजप० ले बालमैत्री, पोषणमैत्री, बाल संवेदनशील सामाजिक सुरक्षा, बालअधिकारको संरक्षण र सम्बर्धनको लागि निरन्तर देश ब्यापी अभियान सञ्चालन गर्दै आएकोछ ।
समाज
थप सामाग्री-
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
२० घण्टा अगाडि
1.5kViews 459 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद…



