

डिआईजी भूपेन्द्र खत्रीद्वारा लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँकेको निरीक्षण, निर्वाचन सुरक्षा र अपराध नियन्त्रणमा जोड
खजुरा (बाँके) । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) भूपेन्द्र बहादुर खत्रीले लुम्बिनी प्रदेश प्रहरी गण खजुरा, बाँकेको निरीक्षण तथा अनुगमन गर्नुभएको छ।
निरीक्षणका क्रममा डिआईजी खत्रीले आगामी निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था थप मजबुत बनाउन निर्देशन दिनुहुँदै निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा मतदान सुनिश्चित गर्न प्रहरी कर्मचारीहरूलाई उच्च सतर्कता र जिम्मेवारीका साथ परिचालित हुन निर्देशन दिनुभयो।
उहाँले अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउँदै शान्ति–सुरक्षा कायम राख्न, ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन, लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रणमा कडाइ गर्न र सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षणलाई प्राथमिकतामा राख्दै पीडितमैत्री सेवा प्रवाह गर्न निर्देशन दिँदै सम्भावित प्राकृतिक विपद् तथा आपतकालीन अवस्थाको सामना गर्न आवश्यक तयारी, समन्वय र तदारुकता कायम राख्न आग्रह गर्नुभयो।
डिआईजी खत्रीले प्रहरी सेवा नागरिकमुखी, अनुशासित र जिम्मेवार हुनुपर्नेमा जोड दिँदै “कानून कार्यान्वयनसँगै जनताको विश्वास जित्नु नै प्रहरीको मूल दायित्व हो” भन्ने स्पष्ट सन्देश दिनुभयो।
समाज
थप सामाग्री-
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
१९ घण्टा अगाडि
1.5kViews 459 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद…



