

एसएसपी तारा थापाद्वारा Instructor Proficiency Test उत्तीर्ण बाह्य प्रशिक्षकहरूलाई प्रमाणपत्र वितरण तथा आर्म ब्याज सुशोभन
काठमाडौँ । नेपाल प्रहरीको विभिन्न तालिम प्रदायक निकायहरूबाट सञ्चालन हुने तालिमहरूमा एकरूपता, गुणस्तर तथा प्रभावकारिता कायम गर्ने उद्देश्यले लागू गरिएको नेपाल प्रहरी तालिम सञ्चालन कार्यादेश बमोजिम बाह्य प्रशिक्षण गतिविधिलाई समयसापेक्ष, वैज्ञानिक तथा स्तरयुक्त बनाउने क्रममा Instructor Proficiency Test (IPT) सञ्चालन गरिएको थियो।
उक्त परीक्षणमा उत्तीर्ण हुनु भएका प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षक दर्जासम्मका नेपाल प्रहरी शिक्षालयका बाह्य प्रशिक्षकहरूलाई शिक्षालयकी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) तारा देवी थापाद्वारा प्रमाणपत्र वितरण गर्नुका साथै आर्म ब्याजद्वारा सुशोभित गर्नुभएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै एसएसपी थापाले प्रशिक्षकहरूको क्षमता, दक्षता र पेशागत अनुशासनले तालिमको गुणस्तर निर्धारण गर्ने उल्लेख गर्दै, भविष्यमा पनि प्रशिक्षकहरूको निरन्तर मूल्याङ्कन तथा क्षमता अभिवृद्धिमा नेपाल प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले वैज्ञानिक, व्यवहारिक र परिणाममुखी तालिम प्रणालीमार्फत दक्ष जनशक्ति उत्पादन गर्नु नै नेपाल प्रहरीको प्राथमिकता भएको स्पष्ट पार्नुभयो।
उक्त कार्यक्रमले नेपाल प्रहरीको तालिम प्रणालीलाई अझ व्यवस्थित, प्रभावकारी र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
समाज
थप सामाग्री-
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
१८ घण्टा अगाडि
1.5kViews 459 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद…



