

रौतहट जिल्लामा चुनाव लक्षित सीमा क्षेत्रमा कडाइ, नेपाल–भारत संयुक्त चेकजाँच तीव्र
रौतहट । रौतहट जिल्लाका विभिन्न सिमाना नाकाहरूमा नेपाल–भारत प्रशासनद्वारा संयुक्त रूपमा कडाइका साथ चेकजाँच सुरु गरिएको छ। आउँदै गरेको २१ फाल्गुनमा हुने निर्वाचनलाई लक्षित गर्दै सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता उल्लेखनीय रूपमा बढाइएको हो।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्ने उद्देश्यसहित सीमा क्षेत्रमा विशेष निगरानी, सवारी साधन जाँच तथा यात्रुहरूको कागजपत्र परीक्षणलाई तीव्र पारिएको सम्बन्धित निकायले जनाएको छ। नेपाल–भारत आवतजावत गर्ने यात्रुहरू तथा मोटरसाइकल चालकहरूको अनिवार्य रूपमा कागजपत्र जाँच भइरहेको छ।
सशस्त्र प्रहरी बल नेपाल रामपुर खापकी इन्स्पेक्टर मन्दिरा सुवालका अनुसार मोटरसाइकल चालकहरूले ब्लुबुक, ड्राइभिङ लाइसेन्स अनिवार्य रूपमा साथमा राख्नुपर्ने तथा हेल्मेट प्रयोग गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरिएको छ। सवारी साधनका सम्पूर्ण आवश्यक कागजपत्र बोकेर मात्र यात्रा गर्न अनुरोधसमेत गरिएको छ।
यसैगरी, सशस्त्र प्रहरी बल नेपालको बीओपी सरमुज्वाका इन्स्पेक्टर नविन अलीले निर्वाचन अवधिमा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न अहिलेबाटै सीमा क्षेत्रमा कडाइ गरिएको जानकारी दिए।
नेपाल र भारतका सुरक्षा निकायबीच समन्वयात्मक सहकार्य गर्दै सीमा क्षेत्रमा संयुक्त निगरानी र चेकजाँच प्रक्रिया अगाडि बढाइएको छ। प्रशासनले सर्वसाधारणलाई कानुनको पालना गर्न तथा आवश्यक कागजपत्र साथमा राखेर मात्र आवतजावत गर्न आग्रह गरेको छ।
सीमा क्षेत्रमा बढाइएको सुरक्षा व्यवस्थाले निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
१८ घण्टा अगाडि
1.5kViews 459 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद…



