

अवि नारायण काफ्ले मकवानपुरमा : सुरक्षित निर्वाचनका लागि कडा निर्देशन
मकवानपुर,
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यसहित नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौँका केन्द्रीय प्रहरी प्रवक्ता तथा डीआईजी अवि नारायण काफ्ले मकवानपुर पुगेका छन्।
निरीक्षणका क्रममा उहाँले जिल्ला प्रहरी कार्यालय मकवानपुर को स्थलगत अनुगमन गर्दै सुरक्षा तयारी, जनशक्ति परिचालन, संवेदनशील मतदान केन्द्रको अवस्थाबारे विस्तृत जानकारी लिनुभयो। साथै, निर्वाचन अवधिभर उच्च सतर्कता अपनाउन र कुनै पनि प्रकारका अवाञ्छित गतिविधि हुन नदिन विशेष ध्यान दिन निर्देशन दिनुभयो।
डीआईजी काफ्लेले निर्वाचनमा खटिने सम्पूर्ण प्रहरी कर्मचारी तथा निर्वाचन सुरक्षामा परिचालित प्रहरीहरुलाई सम्बोधन गर्दै कर्तव्यनिष्ठ, निष्पक्ष र अनुशासित ढंगले जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो। उहाँले भने, “निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो। यसलाई शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गराउनु हामी सबैको प्रमुख दायित्व हो।”
उहाँले सम्भावित जोखिमको पूर्वआकलन गरी सुरक्षा रणनीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न, नागरिकसँग समन्वय सुदृढ बनाउन तथा सूचना संकलन र विश्लेषणमा थप सक्रियता देखाउन निर्देशन दिनुभयो।
निरीक्षण तथा निर्देशन कार्यक्रमले मकवानपुर जिल्लामा निर्वाचन सुरक्षाप्रति प्रहरी संगठनको उच्च प्रतिबद्धता झल्काएको छ। स्थानीय स्तरमा समेत सुरक्षाको भरपर्दो व्यवस्था मिलाइने विश्वास व्यक्त गरिएको छ।
समाज
थप सामाग्री-
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
१८ घण्टा अगाडि
1.5kViews 459 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद…



