

काठमाडौँमा ट्राफिक प्रहरीको सक्रियता : ५३ हराएका दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौँ — नवराज अधिकारी नेतृत्वको काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको छ। विभिन्न मितिमा हराएका २९ वटा मोटरसाइकल र २३ वटा स्कुटर गरी कुल ५३ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई विधिवत् रूपमा हस्तान्तरण गरिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विशेष पहल तथा निरन्तर निगरानी, अनुसन्धान र समन्वयात्मक कारबाहीका कारण हराएका सवारी साधनहरू फेला पार्न सफलता मिलेको हो। चोरी तथा हराएका सवारी साधनको खोजी कार्यलाई तीव्रता दिँदै आएको ट्राफिक प्रहरीले पछिल्लो समय उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको छ।
सवारी साधन फिर्ता पाएका सेवाग्राहीहरूले ट्राफिक प्रहरीको सक्रियता र प्रतिबद्धताको प्रशंसा गरेका छन्। हराएको सवारी साधन पुनः प्राप्त हुँदा आफूहरूमा सुरक्षा निकायप्रतिको विश्वास अझ सुदृढ भएको उनीहरूको भनाइ छ।
एसएसपी अधिकारीले सवारी साधन सुरक्षित राख्न, आवश्यक कागजात साथमा राख्न तथा शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ। साथै, चोरी नियन्त्रण र सवारी साधनको सुरक्षाका लागि ट्राफिक प्रहरी सधैं सजग र प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो।
काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनसँगै अपराध नियन्त्रणमा समेत प्रभावकारी भूमिका निर्वाह गर्दै आएको ट्राफिक प्रहरीको यो पहलले नागरिक सुरक्षामा सकारात्मक सन्देश दिएको छ।
समाज
थप सामाग्री-
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
१७ घण्टा अगाडि
1.5kViews 459 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद…



