

दुई समुदायबिच झडप : गौरमा अनिश्चितकालीन कर्फ्यु
रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरमा कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समिति रौतहटको निर्णयअनुसार शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म गौर नगरपालिकाको विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो ।
कर्फ्यु आदेश जारी भएका क्षेत्रमा कुनै व्यक्ति आवत–जावत गर्न, भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पूर्वमा मुडवलवा गेट, पश्चिमतर्फ ललवैया बाँध, उत्तरमा बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालय गेटसम्म कर्फ्यु आदेश जारी गरिएको छ । कर्फ्यु आदेशको उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने सिडियो दिनेश सागर भुसालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।गौर नगरपालिका–६ सवगढामा सहमतिविपरीत पुनः दुई समुदायबिच झडप भई अवस्था तनावग्रस्त बनेको हो। जिल्ला प्रशासन कार्यालयको पहलमा शुक्रबार साँझ दुवै पक्षबीच ६ बुँदे सहमति भए पनि शनिबार बिहान करिब ९ बजेदेखि ढुङ्गा–मुढा सुरु भएको थियो।झडप चर्किँदै गएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी पुगेका छन्।
समाज
थप सामाग्री-
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
१६ घण्टा अगाडि
1.5kViews 459 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद…



