

वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु: झडपपछि प्रशासनको कडा कदम
पर्साको वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार साँझ दुई युवा समूहबीच भएको झडपपछि बिग्रन सक्ने सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सोमबार बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार कर्फ्यु क्षेत्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ। यी चार किल्लाभित्र सर्वसाधारणको आवतजावत, कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउजस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
प्रशासनले शान्ति सुरक्षा कायम राख्न र सम्भावित अप्रिय घटना हुन नदिन कर्फ्यु आवश्यक रहेको जनाएको छ। सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ भने संवेदनशील स्थानहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
यद्यपि, अत्यावश्यक सेवाका सवारीसाधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी तथा परीक्षा केन्द्रमा खटिने कर्मचारीहरूलाई सञ्चालनमा सहजीकरण गरिनेछ। साथै पर्यटक सवार गाडी, मानवअधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारीसाधनलाई पनि अनुमति दिइएको प्रशासनले स्पष्ट पारेको छ। हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा समेत सुरक्षाकर्मीबाट आवश्यक सहजीकरण गरिने जनाइएको छ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै अफवाहमा नलाग्न र शान्ति सुरक्षामा सहयोग गर्न अपिल गरेको छ।
समाज
थप सामाग्री-
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
१७ घण्टा अगाडि
1.5kViews 459 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद…



