

बाढी जोखिम मूल्यांकन गर्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै
काभ्रेपलाञ्चोक — गृहमन्त्री सुदन गुरुङ बीपी राजमार्ग तथा रोशी खोलाको वर्तमान अवस्थाबारे प्रत्यक्ष जानकारी लिन आज स्थलगत निरीक्षणमा जाने भएका छन्।
उनको सचिवालयका अनुसार गृहमन्त्री गुरुङसहितको टोली बिहान ९ बजे काठमाडौंबाट काभ्रेतर्फ प्रस्थान गर्नेछ। वर्षायाममा हरेक वर्ष दोहोरिने बाढी र त्यसबाट स्थानीयवासीले भोग्दै आएका समस्यालाई मध्यनजर गर्दै उनले प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न लागेका हुन्।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले रोशी खोला आसपासका बाढी प्रभावित क्षेत्रहरूको अवस्था बुझ्ने, उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको यथार्थ स्थिति अध्ययन गर्ने कार्यक्रम रहेको छ।
साथै, वर्षा सुरु हुनुअघि नै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, दीर्घकालीन योजना र प्रभावकारी समन्वयका विषयमा सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने तयारी गरिएको छ।
स्थानीयस्तरमा बारम्बार उठ्दै आएका गुनासोलाई सम्बोधन गर्ने उद्देश्यसहित हुन लागेको यो निरीक्षणलाई बाढी व्यवस्थापन र पूर्वतयारीका दृष्टिले महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
१३ घण्टा अगाडि
2.1kViews 251 Shares Share on Facebook Share on Twitter काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक…



