

डिआईजी ओम रानाद्वारा कञ्चनपुरमा निरीक्षण, नागरिकमुखी सेवा र कडाइका लागि निर्देशन
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) ओम बहादुर रानाले कञ्चनपुरका विभिन्न प्रहरी इकाइहरूको निरीक्षण गर्दै प्रहरी कर्मचारीहरूलाई सेवामुखी, जिम्मेवार र कडाइपूर्ण कार्यसम्पादनका लागि स्पष्ट निर्देशन दिएका छन्।
डिआईजी रानाले इलाका प्रहरी कार्यालय बेलौरी तथा त्रिभुवनबस्तीको निरीक्षणका क्रममा प्रहरी संगठनले नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए। उनले “नागरिक सर्वोच्चता”को भावनालाई आत्मसात गर्दै सेवाप्रवाहलाई प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन निर्देशन दिए।
निरीक्षणका क्रममा उनले विशेषगरी सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्न, अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगमाथि कडाइ गर्न तथा समाजमा देखिने गुण्डागर्दी र बिचौलियाको अन्त्य गर्न दृढतापूर्वक लाग्न निर्देशन दिए।
डिआईजी रानाले हरेक पीडितले न्यायको अनुभूति गर्न पाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै महिला सम्बन्धी मुद्दामा उच्च संवेदनशीलता अपनाउन प्रहरी कर्मचारीलाई सचेत गराए। उनले प्रहरीको व्यवहार, कार्यशैली र निर्णय प्रक्रियाले नै संगठनको छवि निर्माण गर्ने भएकाले अनुशासन, इमान्दारिता र व्यावसायिकता कायम राख्न आग्रह गरे।
उनको भनाइमा, “प्रहरी सेवा केवल सुरक्षा प्रदान गर्ने माध्यम मात्र होइन, नागरिकको भरोसा र न्यायको आधार पनि हो।” त्यसैले जनअपेक्षा अनुरूप काम गर्दै शान्ति सुरक्षा सुदृढ बनाउन सम्पूर्ण प्रहरी संयन्त्र सक्रिय हुनुपर्ने उनले बताए।
डिआईजी रानाको निरीक्षण र निर्देशनले स्थानीय स्तरमा प्रहरी कार्यसम्पादन थप प्रभावकारी र जनमैत्री बन्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१६ घण्टा अगाडि
1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



