आज्ञ भदौ ०८ गते सोमबार, यस्तो छ तपाईको राशिफल

मेष- आज आत्मविश्वासका साथ अघि बढ्दा नयाँ अवसर हात लाग्न सक्छ । काममा सिर्जनशील सोचको प्रशंसा हुनेछ । व्यापारमा लाभको सम्भावना छ । परिवारसँगको सम्बन्धमा सुधार आउनेछ । आर्थिक पक्ष सामान्यभन्दा बलियो रहनेछ । स्वास्थ्यमा पनि समस्या देखिँदैन ।

वृष- आज तपाईंको क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ। अध्ययन तथा लेखनसम्बन्धी काममा सफलता प्राप्त हुन सक्छ । नयाँ जिम्मेवारीले भविष्यमा फाइदा पुर्‍याउनेछ । आम्दानीको नयाँ बाटो खुल्न सक्छ । साथीभाइको साथले महत्वपूर्ण काम सहज बन्नेछ। पारिवारिक वातावरण सुखद रहनेछ ।

मिथुन– आज मेहनतको राम्रो परिणाम प्राप्त गर्ने दिन हो । रोकिएका काम अघि बढ्नेछन् भने कार्यक्षेत्रमा तपाईंको प्रशंसा हुन सक्छ । व्यापारमा नयाँ सम्झौताको सम्भावना छ । रोकिएको रकम हात पर्न सक्छ । प्रियजनबाट सहयोग मिल्नेछ । आत्मविश्वास बढ्नेछ र दिन उत्साहपूर्ण रहनेछ ।

कर्कट– आज घर परिवारसँग सम्बन्धित विषयमा सकारात्मक वातावरण बन्नेछ । लामो समयदेखि रहेको कुनै समस्या समाधानतर्फ अघि बढ्न सक्छ । काममा जिम्मेवारी पूरा गर्न सफल हुनुहुनेछ । घर जग्गासम्बन्धी विषयमा प्रगति हुन सक्छ । आर्थिक अवस्था सहज रहनेछ । मानसिक शान्ति कायम रहनेछ ।

सिंह- आज नेतृत्व क्षमता देखाउने अवसर प्राप्त हुनेछ। तपाईंले गरेको निर्णयले कार्यक्षेत्रमा राम्रो प्रभाव पार्नेछ । वरिष्ठबाट नयाँ जिम्मेवारी आउन सक्छ । व्यापारमा विस्तारको योजना अघि बढ्न सक्छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । परिवारको साथले महत्वपूर्ण निर्णय लिन थप आत्मबल मिल्नेछ ।

कन्या- आज हतारभन्दा योजनाबद्ध ढंगले काम गर्नु लाभदायक हुनेछ । पुराना प्रयासबाट आर्थिक फाइदा मिल्न सक्छ । कार्यक्षेत्रमा सहकर्मीको सहयोग पाइनेछ । परिवारसँग आवश्यक विषयमा छलफल हुनेछ । आफन्तसँगको भेटघाटले खुसी बढाउनेछ । स्वास्थ्य सामान्य राम्रो रहनेछ ।

तुला- आज अरूसँग मिलेर गरेको कामबाट राम्रो उपलब्धि हासिल हुनेछ । साझेदारीका काममा सकारात्मक परिणाम आउन सक्छ । व्यापारिक गतिविधि बढ्ने र आर्थिक लाभ हुने संकेत छ । सामाजिक भेटघाटबाट उपयोगी सम्बन्ध बन्न सक्छ । परिवारमा खुसीको वातावरण रहनेछ । स्वास्थ्यमा पनि विशेष समस्या देखिँदैन ।

वृश्चिक– आज विगतको मेहनतले परिणाम दिन थाल्नेछ । जटिल काम समेत आत्मविश्वासका साथ पूरा गर्न सक्नुहुनेछ । व्यवसायमा आम्दानी बढ्ने सम्भावना छ । आर्थिक पक्ष बलियो बन्नेछ । परिवारमा आपसी विश्वास बढ्नेछ । भविष्यसँग जोडिएका योजनामा प्रियजनको समर्थन प्राप्त हुनेछ ।

धनु- आज नयाँ अवसरले तपाईंलाई उत्साहित बनाउनेछ । यात्रा, अध्ययन वा व्यवसायसँग जोडिएका काममा सफलता मिल्न सक्छ। आम्दानी बढाउने नयाँ स्रोत भेटिन सक्छ । कार्यक्षेत्रमा तपाईंको सक्रियताको कदर हुनेछ । सामाजिक सम्बन्ध विस्तार हुनेछन् । परिवारसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ ।

मकर– आज धैर्य र अनुशासनलाई प्राथमिकता दिनु राम्रो हुनेछ । वरिष्ठको सल्लाहले काममा फाइदा पुर्‍याउनेछ । आर्थिक कारोबार गर्दा सोचविचार आवश्यक छ । अनावश्यक खर्च रोक्न सके बचत गर्न सकिनेछ । पारिवारिक जिम्मेवारी बढ्न सक्छ । धेरै थकान महसुस भए पर्याप्त आराम गर्नुहोस् ।

कुम्भ- आज विगतमा सुरु गरेका कामबाट लाभ उठाउने समय छ । जिम्मेवारी बढेपनि त्यसलाई व्यवस्थित रूपमा पूरा गर्न सक्नुहुनेछ । आर्थिक अवस्था स्थिर रहनेछ । परिवारमा महत्वपूर्ण विषयमा राम्रो समझदारी बन्नेछ । आफन्तसँगको भेटघाट सुखद हुन सक्छ । मानसिक रूपमा सकारात्मक महसुस हुनेछ ।

मीन– आज अलमलमा परेका विषयमा स्पष्टता आउनेछ । अधुरा काम पूरा गर्नुका साथै नयाँ अवसरसमेत प्राप्त हुन सक्छ । तपाईंको सरल व्यवहारले अरूको विश्वास जित्नेछ । रोकिएको रकम हात लाग्न सक्छ । परिवारबाट खुसीको खबर सुन्न पाइनेछ । साँझको भेटघाटले नयाँ उत्साह थप्नेछ ।

Facebook Comments Box
TOP
30 Shares