मोतीराज खनालको नयाँ गीत ‘बिर्सु कसरी’ सार्वजनिक

काठमाडौं । लोक गायक मोतीराज खनालले आफ्नो नयाँ लोकगीत ‘बिर्सु कसरी’ सार्वजनिक गरेका छन्। उक्त गीत आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रेम, पीडा र बिछोडको गहिरो भावनामा आधारित यो गीत शान्ति श्री परियारको सुमधुर स्वरले अझ आकर्षक बनेको छ। गीतका शब्द नवराज गौतमले लेखेका हुन् भने संगीत संयोजन स्वयं मोतीराज खनालले गरेका छन्।

मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा तयार गरिएको गीतमा सुमन रानाले रेकर्डिङ तथा कुमार रानाले मिक्सिङको काम गरेका छन्। म्युजिक भिडियोमा नवराज गौतमसहित सरिता ढुंगाना, भगवान भण्डारी, चन्दा बिडारी लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।

भिडियोको निर्देशन चर्चित निर्देशक देवन्द्र कुँवरले गरेका हुन् भने छायांकन दीपक गिरी र सम्पादन राजेश कुमारले गरेका छन्।

गीतको कथा वास्तविक जीवनमा आधारित रहेको बताइएको छ, जसमा प्रेम सम्बन्ध पारिवारिक दबाबका कारण टुट्न पुग्दा उत्पन्न हुने पीडा र बिछोडको कथा प्रस्तुत गरिएको छ। ‘बिर्सु कसरी’ मार्फत प्रेममा धनी–गरिब वा सामाजिक विभाजनले अर्थ नराख्ने सन्देश दिन खोजिएको छ।

कलाकारहरूको संयुक्त प्रयासमा तयार भएको यो गीत दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
२ दिन अगाडि

1.4kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि विभिन्न…

TOP
116 Shares