
कक्षा १२ को नतिजा ४५ दिनभित्र सार्वजनिक गर्ने तयारी, काम ५० प्रतिशतभन्दा बढी सम्पन्न

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ।
बोर्डका अनुसार नतिजा प्रकाशनसँग सम्बन्धित तयारी हालसम्म करिब ५० प्रतिशतभन्दा बढी पूरा भइसकेको छ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार उत्तरपुस्तिका परीक्षणको काम आधाभन्दा बढी सम्पन्न भइसकेको छ। साथै, परीक्षण भइसकेका उत्तरपुस्तिकाको सम्परीक्षण प्रक्रिया पनि समानान्तर रूपमा अघि बढाइएको उनले जानकारी दिए।
बोर्डले परीक्षा सम्पन्न भएको दिनदेखि नै उत्तरपुस्तिका परीक्षण सुरु गरेकाले नतिजा प्रकाशन प्रक्रिया छरितो हुने अपेक्षा गरिएको छ।
देशभरका ४२ वटा परीक्षण केन्द्रमार्फत उत्तरपुस्तिका जाँच कार्य जारी रहेको बोर्डले जनाएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
पत्रकारको निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छौँ : आईजीपी कार्की
-
प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति नेपाल प्रहरी प्रतिबद्ध : केन्द्रीय प्रवक्ता काफ्ले
-
सल्यानमा जीप दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते
-
पत्रकार पक्राउमा सरकारकै दुईथरी बोली, प्रहरी र प्रधानमन्त्री सचिवालयको दाबीमै विरोधाभास !
-
प्रहरी महानिरीक्षकलाई पंगु बनाउने दाउमा कुमार वेन
आईजीपी कार्कीको समर्थनमा प्रहरी नेतृत्व एकजुट, प्रधानमन्त्रीलाई सामूहिक भेट्ने प्रस्तावले पीसीसी बैठकमा तरंग
१ दिन अगाडि
2.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब सिर्जना भएको…





