कक्षा १२ को नतिजा ४५ दिनभित्र सार्वजनिक गर्ने तयारी, काम ५० प्रतिशतभन्दा बढी सम्पन्न

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ।

बोर्डका अनुसार नतिजा प्रकाशनसँग सम्बन्धित तयारी हालसम्म करिब ५० प्रतिशतभन्दा बढी पूरा भइसकेको छ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार उत्तरपुस्तिका परीक्षणको काम आधाभन्दा बढी सम्पन्न भइसकेको छ। साथै, परीक्षण भइसकेका उत्तरपुस्तिकाको सम्परीक्षण प्रक्रिया पनि समानान्तर रूपमा अघि बढाइएको उनले जानकारी दिए।

बोर्डले परीक्षा सम्पन्न भएको दिनदेखि नै उत्तरपुस्तिका परीक्षण सुरु गरेकाले नतिजा प्रकाशन प्रक्रिया छरितो हुने अपेक्षा गरिएको छ।

देशभरका ४२ वटा परीक्षण केन्द्रमार्फत उत्तरपुस्तिका जाँच कार्य जारी रहेको बोर्डले जनाएको छ।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
177 Shares