

इरान–अमेरिका तनाव पुनः चर्कियो, खाडी क्षेत्रमा सुरक्षा सतर्कता उच्च
एजेन्सी । मध्यपूर्वमा इरान र संयुक्त राज्य अमेरिका बीचको तनाव फेरि तीव्र बनेको छ । पछिल्लो घटनाक्रमअनुसार इरानले बुधबार कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरिएको छ ।
अमेरिकी पक्षका अनुसार इरानबाट प्रक्षेपित गरिएका अधिकांश क्षेप्यास्त्रहरू आफ्नो लक्ष्यमा पुग्न सकेनन् । केही क्षेप्यास्त्र मार्गमै विचलित भएका थिए भने केहीलाई हावामै नष्ट गरिएको दाबी गरिएको छ । बहराइनतर्फ प्रहार गरिएका क्षेप्यास्त्रहरूलाई संयुक्त वायु रक्षा प्रणालीले अवरोध गरेको जनाइएको छ ।
अमेरिकी केन्द्रीय कमान्डले जारी गरेको विज्ञप्तिमा इरानले छिमेकी देशहरूमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गरी आक्रमण गरेको उल्लेख गर्दै सबै आक्रमण असफल पारिएको दाबी गरेको छ ।
तनाव बढ्दै गएपछि अमेरिकी सेनाले तत्काल जवाफी कारबाही पनि गरेको छ । सैन्य स्रोतहरूका अनुसार इरानको क्वेसम टापु तथा अन्य रणनीतिक सैन्य अड्डाहरूलाई लक्षित गरी हवाई आक्रमण गरिएको बताइएको छ ।
यी आक्रमणबाट भएको क्षति तथा मानवीय हताहतीबारे हालसम्म विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि खाडी क्षेत्रका देशहरूले उच्च सतर्कता अपनाएका छन् ।
समाज
थप सामाग्री-
तीन वर्षभित्र नतिजा देखाउने प्रतिबद्धता, त्यसपछि जिम्मेवारी नयाँ पुस्तालाई : मन्त्री पुन
-
धनगढीमा १८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ
-
कांग्रेसको आन्तरिक विवाद समाधान प्रयास तीव्र, इतर समूहका नेतासँग संवाद अघि बढाउँदै संस्थापन पक्ष
-
विश्वकप हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइए
-
सुस्ता फेरि प्रश्नको केन्द्रमा : तटबन्ध रोकिएपछि उठेको सीमा र स्वाभिमानको बहस
निर्वाचन प्रहरीका बन्दोबस्ती सामग्री खरिदमा अनियमितता आरोप, अख्तियारले छानबिन तीव्र बनायो
२१ घण्टा अगाडि
1.3kViews 393 Shares Share on Facebook Share on Twitter काठमाडौं । तीन महिनाअघि सम्पन्न निर्वाचनका क्रममा निर्वाचन सुरक्षामा खटिएका प्रहरीका…



