

महोत्तरीको सोनमा गाउँपालिकामा लुटेरा समूहको गोली प्रहार, दम्पती घाइते
महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिकामा चोरी गर्न घरभित्र प्रवेश गरेका लुटेरा समूहको प्रतिवाद गर्दा एक दम्पतीमाथि गोली प्रहार भएको छ। घटनामा श्रीमान्–श्रीमती दुवै जना घाइते भएका छन्।
मंगलबार राति सोनमा गाउँपालिका–३ खखना दक्षिणबारी टोलमा ५/६ जनाको समूहमा आएका लुटेराहरूले स्थानीय २७ वर्षीय रामईश्वर यादवको घरमा प्रवेश गरी चोरी गर्ने प्रयास गरेका थिए।
घरभित्र अपरिचित व्यक्तिहरू देखेपछि रामईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादवले प्रतिवाद गरेका थिए। सोही क्रममा लुटेरा समूहले दम्पतीमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
गोली लागेर गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उद्धार गरी स्थानीय स्तरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुरस्थित अस्पताल पठाइएको छ।
घटनापछि प्रहरी टोलीले घटनास्थलको निरीक्षण तथा खानतलासी गर्दा एक थान गोलीको खोका बरामद गरेको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान भने अझै खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले फरार लुटेरा समूहको खोजी कार्य तीव्र पारिएको जनाएको छ।
समाज
थप सामाग्री-
तीन वर्षभित्र नतिजा देखाउने प्रतिबद्धता, त्यसपछि जिम्मेवारी नयाँ पुस्तालाई : मन्त्री पुन
-
धनगढीमा १८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ
-
कांग्रेसको आन्तरिक विवाद समाधान प्रयास तीव्र, इतर समूहका नेतासँग संवाद अघि बढाउँदै संस्थापन पक्ष
-
विश्वकप हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइए
-
सुस्ता फेरि प्रश्नको केन्द्रमा : तटबन्ध रोकिएपछि उठेको सीमा र स्वाभिमानको बहस
निर्वाचन प्रहरीका बन्दोबस्ती सामग्री खरिदमा अनियमितता आरोप, अख्तियारले छानबिन तीव्र बनायो
२१ घण्टा अगाडि
1.3kViews 393 Shares Share on Facebook Share on Twitter काठमाडौं । तीन महिनाअघि सम्पन्न निर्वाचनका क्रममा निर्वाचन सुरक्षामा खटिएका प्रहरीका…



