

ओली तीन महिनापछि पार्टी गतिविधिमा फर्किँदै, संगठन सुदृढीकरण कार्यशाला उद्घाटन गर्ने
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली करिब तीन महिनापछि पार्टी गतिविधिमा पुनः सक्रिय हुने भएका छन् । २१ फागुनको निर्वाचनमा पार्टीले अपेक्षाअनुसारको नतिजा हासिल गर्न नसकेपछि सार्वजनिक गतिविधिबाट केही समय ओझेलमा रहेका ओली बुधबारबाट औपचारिक रूपमा पार्टी कार्यक्रममा सहभागी हुँदै छन् ।
पार्टी केन्द्रीय संगठन विभागको आयोजनामा बुधबार र बिहीबार काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा हुने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन ओलीले गर्ने तय भएको छ । केन्द्रीय प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार कार्यशाला बुधबार बिहान ११ बजे उद्घाटन हुनेछ र ओलीले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछन् ।
पार्टी संगठनलाई सुदृढ र गतिशील बनाउने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्जहरू (भारत प्रवाससमेत), प्रदेश कमिटी वा सोसरहका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठनका केन्द्रीय पदाधिकारीहरूको अनिवार्य सहभागिता रहनेछ ।
एमालेले जेठ महिनाबाट सदस्यता नवीकरण र पालिकाकेन्द्रित संगठनात्मक अभियानलाई तीव्र बनाउने तयारी गरेको छ । सोही अभियानको पूर्वतयारीस्वरूप यो राष्ट्रिय कार्यशाला आयोजना गरिएको पार्टीले जनाएको छ ।
निर्वाचनपछि पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया जनाउँदै ओलीले २८ फागुनमा सामाजिक सञ्जालमार्फत परिणाम अपेक्षाअनुसार नभएको स्वीकार गरेका थिए । उनले लोकतान्त्रिक प्रक्रियामा जनताको निर्णय अन्तिम हुने भन्दै त्यसलाई स्वीकार गर्नु आफ्नो र पार्टीको कर्तव्य भएको बताएका थिए ।
निर्वाचन परिणामपछि ओलीमाथि पार्टीभित्रै नेतृत्व पुनर्गठनको माग र दबाब बढ्दै गएको थियो । इतर पक्षसँगै उनी निकट मानिने केही युवा केन्द्रीय सदस्यहरूले समेत राजीनामासहित नेतृत्व परिवर्तनको आवाज उठाएपछि उनी केही समय सार्वजनिक गतिविधिबाट टाढा रहेका थिए ।
समाज
थप सामाग्री-
तीन वर्षभित्र नतिजा देखाउने प्रतिबद्धता, त्यसपछि जिम्मेवारी नयाँ पुस्तालाई : मन्त्री पुन
-
धनगढीमा १८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ
-
कांग्रेसको आन्तरिक विवाद समाधान प्रयास तीव्र, इतर समूहका नेतासँग संवाद अघि बढाउँदै संस्थापन पक्ष
-
विश्वकप हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइए
-
सुस्ता फेरि प्रश्नको केन्द्रमा : तटबन्ध रोकिएपछि उठेको सीमा र स्वाभिमानको बहस
निर्वाचन प्रहरीका बन्दोबस्ती सामग्री खरिदमा अनियमितता आरोप, अख्तियारले छानबिन तीव्र बनायो
२१ घण्टा अगाडि
1.3kViews 393 Shares Share on Facebook Share on Twitter काठमाडौं । तीन महिनाअघि सम्पन्न निर्वाचनका क्रममा निर्वाचन सुरक्षामा खटिएका प्रहरीका…



