सांसद आशिका तामाङको संसद् अवरोधप्रति चिन्ता: “देशलाई घाटा, विकासका विषयमा बहस रोक्नु हुँदैन”

काठमाडौं — प्रतिनिधिसभामा जारी अवरोधका बीच सांसद ले संसद् सञ्चालन ठप्प हुँदा देशको विकास प्रक्रिया नै प्रभावित भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेकी छन्।

उनले विपक्ष सधैं सही वा सधैं गलत हुन्छ भन्ने धारणा उचित नभएको उल्लेख गर्दै राष्ट्रिय हितका विषयमा भने सत्ता र विपक्षको विभाजनभन्दा माथि उठेर एकताबद्ध हुनुपर्नेमा जोड दिइन्।

“राष्ट्रियताको कुरा आउँदा हामीले सत्ता पक्ष र विपक्ष भनेर विभेद गर्नु हुँदैन, हामी एकजुट हुनुपर्छ,” उनले भनिन्।

सांसद तामाङका अनुसार लगातार तीन दिनदेखि संसद् अवरुद्ध हुँदा महत्वपूर्ण बजेटसम्बन्धी छलफल प्रभावित भएको छ, जसले देशलाई प्रत्यक्ष घाटा पुर्‍याइरहेको छ।

“संसद्को काम हाजिर गरेर भत्ता लिने मात्र होइन,” भन्दै उनले बजेटमाथि हुने छलफल रोकिँदा विकास र निकासको प्रक्रिया नै अवरुद्ध हुने बताइन्।

उनले सभामुखको भूमिकाप्रति पनि टिप्पणी गर्दै कार्यविधिअनुसार संसद् सञ्चालनमा कठिनाइ भइरहेको संकेत गरिन्। उनका अनुसार सभामुखले चाहेर पनि सहज रूपमा सभा सञ्चालन गर्न नसकेको अवस्था देखिएको छ।

त्यसैगरी उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै संसद् सञ्चालनमा पहल गर्न आग्रह गरिन्।

“तपाईं हाम्रो अभिभावक हो, हामी सबै तपाईंका सन्तान हौँ। अब तपाईंले नै सदनमा आएर प्रतिपक्षका सवालहरूको जवाफ दिनुपर्छ,” उनले भनिन्।

उनले संसद् अवरुद्ध रहिरहे देशको विकास प्रक्रिया कमजोर हुने भन्दै सबै पक्षलाई संवादमार्फत समस्या समाधान गर्न आह्वान गरेकी छन्।

Facebook Comments Box
सुस्ता फेरि प्रश्नको केन्द्रमा : तटबन्ध रोकिएपछि उठेको सीमा र स्वाभिमानको बहस
२१ घण्टा अगाडि

1.4kViews 266 Shares Share on Facebook Share on Twitter पश्चिम नवलपरासीको सुस्ता फेरि एकपटक समाचारको मात्र होइन, राष्ट्रिय संवेदनशीलताको केन्द्रमा…

TOP
329 Shares