

एसपी निशान थापाद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको स्थलगत निरीक्षण, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन
रुपन्देही । लुम्बिनी प्रदेश नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) निशान थापाले जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही, भैरहवा तथा अस्थायी ट्राफिक पोस्ट मंगलापुरको स्थलगत निरीक्षण गर्नुभएको छ।
निरीक्षणका क्रममा एसपी थापाले कार्यालयमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूसँग ब्रिफिङ समेत गर्नुभएको थियो। उहाँले सेवा प्रवाहलाई अझ प्रभावकारी, अनुशासित र जनमैत्री बनाउन विशेष निर्देशन दिनुभयो।
थापाले ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त राख्दै सडकमा खटिने क्रममा उच्च मनोबलका साथ सेवामुखी भावनाले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। साथै, जिम्मेवारीप्रति थप सचेत र उत्तरदायी भई काम गर्नुपर्ने निर्देशन पनि उहाँले दिनुभएको कार्यालयले जनाएको छ।
समाज
थप सामाग्री-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि
1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…



