

दैलेखमा मदिरा सेवनपछि विवाद उग्र: बाबुद्वारा छोराको खुर्पा प्रहार गरी हत्या, आरोपी पक्राउ
दैलेख । दैलेखमा पारिवारिक विवादले उग्र रुप लिँदा एक बाबुले आफ्नै छोराको हत्या गरेका छन्। मदिरा सेवनपछि भएको भनाभनले हिंसात्मक रूप लिँदा घटनाले दुःखद अन्त्य लिएको हो।
जिल्लाको नारायण नगरपालिका–९ सालखर्कमा मंगलबार राति ७० वर्षीय कबिराज थापाले आफ्नै ४५ वर्षीय छोरा यादव थापाको धारिलो हतियार (खुर्पा) प्रहार गरी हत्या गरेका हुन्।
प्रहरीका अनुसार राति करिब ११ बजे बाबु–छोराबीच पारिवारिक विषयलाई लिएर सामान्य विवाद सुरु भएको थियो। दुवै जनाले मदिरा सेवन गरेको अवस्थामा विवाद चर्किँदै जाँदा रिसको आवेगमा बाबु कबिराजले घरमा रहेको खुर्पा प्रयोग गरी छोरामाथि प्रहार गरेका थिए।
गम्भीर घाइते भएका यादवलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल दैलेख लगिएको भए पनि अत्यधिक रक्तश्रावका कारण चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरी टोलीले घटनास्थलबाटै आरोपित बाबु कबिराज थापालाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनामा प्रयोग भएको रगतले लतपतिएको खुर्पा पनि बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखले घटनाको मुचुल्का उठाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।
समाज
थप सामाग्री-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि
1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…



