रौतहटका एसपी रिजालमाथि ‘केरा कारोबार’ र तस्करीसँग जोडिएको आर्थिक लेनदेनको आरोप, अनुसन्धानको माग

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालमाथि सीमावर्ती क्षेत्रमा हुने केरा आयात–निर्यात तथा ढुवानी कारोबारसँग सम्बन्धित व्यापारीहरूसँग आर्थिक लेनदेन गरेको आरोप सार्वजनिक भएको छ। विभिन्न स्रोतहरूले भारतबाट नेपालतर्फ केरा आयात गर्ने केही व्यापारीसँग उनको निकट सम्बन्ध रहेको दाबी गरेका छन्।

स्रोतका अनुसार भारतबाट केरा आयात गर्ने व्यापारी धर्मनाथ जैसवालसँग एसपी रिजालको नियमित सम्पर्क रहने गरेको तथा व्यापारिक गतिविधिसँग सम्बन्धित विषयमा आर्थिक ‘सेटिङ’ हुने गरेको आरोप लगाइएको छ। केही स्रोतहरूले जैसवालबाट एसपी रिजालले मासिक रूपमा दुईदेखि तीन लाख रुपैयाँसम्म लिने गरेको दाबी गरेका छन्। साथै, भारतबाट ल्याइने केराको ढुवानीलाई काठमाडौंसम्म निर्वाध रूपमा पुर्‍याउने जिम्मेवारी समेत उनले लिएको आरोप स्रोतहरूको छ।

यसबाहेक सीमावर्ती क्षेत्रमा हुने अन्य व्यापार तथा ढुवानी गतिविधिसँग सम्बन्धित व्यक्तिहरूसँग पनि एसपी रिजालको निकटता रहेको दाबी गरिएको छ। स्रोतहरूका अनुसार तस्करी गतिविधिसँग जोडिएका भनिएका सुनिल जैसवाल र उमाशंकर साहसँग समेत उनको नियमित उठबस रहेको तथा अवैध रूपमा सामान ओसारपसार गराउन सहयोग गरेबापत मासिक रकम बुझ्ने गरिएको आरोप छ।

यी आरोपहरू सार्वजनिक भएसँगै एसपी रिजालको भूमिकामाथि प्रश्न उठ्न थालेको छ। प्रहरी प्रधान कार्यालयसम्म समेत यस सम्बन्धमा उजुरी पुगेको बताइए पनि हालसम्म कुनै औपचारिक अनुसन्धान प्रक्रिया अगाडि बढेको जानकारी प्राप्त भएको छैन। यसले प्रहरी संगठनभित्रको जवाफदेहिता र निगरानी प्रणालीमाथि समेत प्रश्न उठाएको छ।

यद्यपि, यी सबै आरोपहरू हालसम्म स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्। आरोपबारे प्रतिक्रिया लिन एसपी रिजालसँग सम्पर्क गर्ने प्रयास गरिएको थियो। तर समाचार तयार पार्दासम्म उनको फोन सम्पर्कमा आउन सकेन भने पठाइएको सन्देशको पनि कुनै जवाफ प्राप्त हुन सकेन।

यदि आरोपहरू सत्य सावित भए, त्यसले सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणमा प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न खडा गर्नेछ। त्यसैले सम्बन्धित निकायबाट निष्पक्ष र तथ्यमा आधारित अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग स्थानीय स्तरदेखि सुरक्षा वृत्तसम्म उठ्न थालेको छ।

Facebook Comments Box
विश्वकप हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइए
१९ घण्टा अगाडि

1.6kViews 198 Shares Share on Facebook Share on Twitter काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ हेर्न अमेरिका हुँदै मेक्सिको जान…

TOP
242 Shares