

मोदी–लामिछाने भेट : नेपालसँग साझा समृद्धिका लागि सहकार्य गर्न भारत तयार

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि, विकास र उज्ज्वल भविष्य निर्माणका लागि नजिकबाट सहकार्य गर्न भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
पाँच दिने औपचारिक भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उक्त भेटप्रति खुसी व्यक्त गरेका हुन्।
मोदीले नेपाललाई भारतको ‘छिमेकी पहिलो’ नीतिको महत्वपूर्ण साझेदार राष्ट्रका रूपमा उल्लेख गर्दै दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन भारत इच्छुक रहेको बताएका छन्।
‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्ण रूपमा समर्थन गर्दछु,’ मोदीले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।
उनले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आगामी दिनमा नेपाल सरकार तथा राजनीतिक नेतृत्वसँग अझ घनिष्ठ सहकार्य गरिने विश्वाससमेत व्यक्त गरेका छन्।
मोदीले ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार राष्ट्र रहेको उल्लेख गर्दै दुई देशबीचको विशेष सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताएका छन्।
मोदीको भनाइले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक साझेदारी विस्तार गर्ने तथा क्षेत्रीय विकास र आपसी हितका विषयमा सहकार्यलाई नयाँ गति दिने संकेत गरेको विश्लेषण गरिएको छ।
ऊर्जा, व्यापार, पूर्वाधार, पर्यटन तथा जनस्तरको सम्बन्धका क्षेत्रमा नेपाल र भारतबीच पछिल्ला वर्षहरूमा सहकार्य विस्तार हुँदै आएको छ। मोदीको पछिल्लो अभिव्यक्तिलाई पनि दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने सकारात्मक सन्देशका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
भोटेकोसी बाढीपछि रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनःस्थापनामा तीव्रता
-
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
-
लगातारको वर्षाले कर्णाली राजमार्ग पुनः अवरुद्ध, रातिमाटामा सडक भासियो
-
बाढी प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मीको साहसको प्रधानमन्त्री शाहद्वारा उच्च प्रशंसा
-
बहुआयामिक चुनौतीका बीच कर्तव्यपथमा अडिग नेपाल प्रहरी
थेराङ खोलाको बाढीले चार घर र झोलुङ्गे पुल बगायो
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter गोरखा । गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने…





