सभामुख डि.पी. अर्यालद्वारा निर्माणाधीन प्रहरी वृत्त जनसेवा भवनको स्थलगत अनुगमन

काठमाडौं, न्युरोड — सभामुख डोलप्रसाद (डीपी) अर्यालले बुधबार  न्युरोडस्थित निर्माणाधीन प्रहरी वृत्त जनसेवाको नयाँ भवनको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ।

अनुगमनका क्रममा सभामुख अर्यालले भवन निर्माण कार्यको प्रगति, गुणस्तर तथा समग्र भौतिक संरचनाको अवस्थाबारे विस्तृत जानकारी लिनुभएको थियो। उहाँले निर्माण कार्य तोकिएको समयसीमाभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो।

उक्त निरीक्षण कार्यक्रममा काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरे तथा प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी चन्द्र थापासहित सुरक्षा निकायका अधिकारीहरूको उपस्थिति रहेको थियो।

निर्माणाधीन भवनको अनुगमनसँगै सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले आवश्यक सुझावहरू समेत आदानप्रदान गरिएको जनाइएको छ।

Facebook Comments Box
मन्त्री सिता बादीसँग राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घको पहिलो छलफल
१ दिन अगाडि

2.3kViews 306 Shares Share on Facebook Share on Twitter काठमाडौँ – नेपालभरका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका विभिन्न संस्था तथा सञ्जालहरूलाई…

TOP
238 Shares