

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाले लिए शपथ
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलसमक्ष थापाले शपथ ग्रहण गरेका हुन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए।
शपथपछि थापाले निष्पक्ष, निर्भीक र इमानदार ढंगले जिम्मेवारी निर्वाह गर्दै त्रिविका प्राध्यापक तथा कर्मचारीको वृत्ति विकास, पेसागत दक्षता अभिवृद्धि र विश्वविद्यालयको संस्थागत सुधारमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
यस्तै, शिक्षामन्त्री पोखरेलको उपस्थितिमा त्रिवि सेवा आयोगकी नवनियुक्त सदस्य प्रा. डा. रेजिना मास्केलाई अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ गराएका छन्।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





