

सर्लाहीमा पुरुष हत्या प्रकरण: आफ्नै परिवारलाई फसाउन हत्या गरेको आरोपमा युवक पक्राउ
सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–१ मानपुरमा ५३ वर्षीय पुरुषको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेका युवकले आफ्नै परिवारका सदस्यलाई फसाउने उद्देश्यले हत्या गरेको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले पत्रकार सम्मेलनमार्फत बसबरिया–१ मानपुर निवासी २५ वर्षीय सन्तोषकुमार रायलाई सार्वजनिक गरेको हो। गत असार ७ गते राति करिब १ बजे आफ्नै भैंसीगोठमा सुतिरहेका ५३ वर्षीय होस नारायण राय यादवमाथि धारिलो हतियार (हँसिया) प्रहार गरी हत्या गरिएको थियो।
घटनापछि प्रहरीले घटनास्थल नजिकैको किराना पसलमा जडान गरिएको सीसीटीभी फुटेज परीक्षण गरेको थियो। फुटेजका आधारमा सन्तोषकुमार रायमाथि शंका केन्द्रित भएपछि उनको खोजी सुरु गरिएको थियो।
फरार रहेका रायलाई इलाका प्रहरी कार्यालय बरहथवाको टोलीले असार १६ गते बरहथवा नगरपालिका–७ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
समाज
थप सामाग्री-
प्रहरीका पाँच एआईजीको सरुवा : राठौरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी
-
बर्दियामा २९ भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण
-
सरकारी कागजात मोबाइल एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
-
आज असार १८ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
-
सभामुख डि.पी. अर्यालद्वारा निर्माणाधीन प्रहरी वृत्त जनसेवा भवनको स्थलगत अनुगमन
मन्त्री सिता बादीसँग राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घको पहिलो छलफल
१ दिन अगाडि
2.3kViews 306 Shares Share on Facebook Share on Twitter काठमाडौँ – नेपालभरका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका विभिन्न संस्था तथा सञ्जालहरूलाई…





