अश्लील सामग्रीमार्फत ब्ल्याकमेल र चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलालाई ब्ल्याकमेल गर्दै चरित्र हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका–८ स्थायी घर भई हाल काठमाडौंको बत्तीसपुतली बस्ने पवन निसाद रहेका छन्। प्रहरीका अनुसार निसादले पीडित महिलासँग सम्बन्धमा रहँदा खिचिएका अश्लील तस्बिर तथा भिडियोको दुरुपयोग गर्दै ब्ल्याकमेल गरेका थिए। ती सामग्री सार्वजनिक गर्ने धम्की दिँदै उनले पीडितमाथि मानसिक दबाब सिर्जना गरी अनुचित लाभ लिन प्रयास गरेको साइबर ब्यूरोले जनाएको छ।

आफ्नो स्वार्थ पूरा नभएपछि निसादले ती अश्लील तस्बिर र भिडियो ह्वाट्सएपमार्फत पीडितका परिवारका सदस्यहरूलाई पठाई चरित्र हत्या गरेको आरोप छ। पीडितको उजुरीका आधारमा साइबर ब्यूरोको प्राविधिक अनुसन्धानपछि उनलाई बुधबार काठमाडौं महानगरपालिका–टोखा क्षेत्रबाट पक्राउ गरिएको हो।

साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार निसादविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

Facebook Comments Box
मन्त्री सिता बादीसँग राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घको पहिलो छलफल
१ दिन अगाडि

2.3kViews 306 Shares Share on Facebook Share on Twitter काठमाडौँ – नेपालभरका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका विभिन्न संस्था तथा सञ्जालहरूलाई…

TOP
194 Shares