आज असार १८ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

मेष- घरायसी जिम्मेवारी बढ्ने भएकाले समयको उचित व्यवस्थापन गर्नु आवश्यक छ । प्रेम सम्बन्धमा रहेका व्यक्तिले जीवनसाथी वा प्रेमीसँग खुलेर संवाद गर्नु राम्रो हुनेछ । व्यापार व्यवसायमा राम्रो लाभ मिल्ने संकेत छ । विशेष गरी फलाम, कोइला, पेट्रोलियम तथा यस्तै वस्तुको कारोबार गर्नेहरूलाई बढी फाइदा हुनेछ।

वृष- धार्मिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदा घरायसी जिम्मेवारी पनि बढ्न सक्छ । यद्यपि, तपाईंको योगदानको प्रशंसा हुने भएकाले मन सन्तुष्ट रहनेछ। सानो प्रयासबाट पनि राम्रो उपलब्धि, सम्मान र प्रतिष्ठा प्राप्त गर्ने अवसर छ । चुनौतीपूर्ण परिस्थितिलाई सहज रूपमा सामना गर्न सकिनेछ ।

मिथुन- आज जोखिमपूर्ण तथा कानुनविपरीत कार्यबाट टाढा रहनु उपयुक्त हुनेछ । वैचारिक मतभेद हुन सक्ने भएकाले आफ्नो धारणा स्पष्ट रूपमा राख्नु राम्रो हुन्छ। मनमा रहेका समस्या दबाएर नराखी अभिभावक वा अनुभवी व्यक्तिसँग साझा गरे समाधानको बाटो खुल्न सक्छ । आध्यात्मिक गतिविधिले मानसिक शान्ति प्रदान गर्नेछ।

कर्कट- आजको दिन सामान्यभन्दा बढी व्यस्त रहनेछ । मेहनतअनुसारको प्रतिफल प्राप्त हुनेछ । व्यस्तताका बीच परिवार, जीवन साथी वा सन्तानका लागि केही समय छुट्याउनु राम्रो हुनेछ । सिर्जनात्मक तथा मनोरञ्जनात्मक गतिविधिमा रुचि बढ्नेछ । आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गरेर प्रतिष्ठा कमाउने अवसर मिल्नेछ।

सिंह- अनावश्यक काममा समय खर्च नगर्नुहोस् । महत्त्वपूर्ण काममा साथीभाइको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षमता प्रदर्शन गरेर प्रतिष्ठा आर्जन गर्न सकिने दिन हो । तपाईंको मेहनतको श्रेय अरूले लिन खोज्न सक्छन्, तर शुभचिन्तकको साथले परिस्थिति सहज बन्नेछ । दाम्पत्य वा प्रेम सम्बन्धमा अनावश्यक शंका नगर्नु राम्रो हुनेछ।

कन्या- कार्य सम्पादन सहज र छिटो हुनेछ । नयाँ सीप सिक्ने तथा योग्यता बढाउने अवसर प्राप्त हुनेछ । परिवारलाई पनि पर्याप्त समय दिनु उपयुक्त हुन्छ । प्रियजनलाई सहयोग गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्धमा संगीत, कला वा सिर्जनात्मक माध्यमबाट सम्बन्ध अझ सुमधुर बनाउन सकिनेछ । रोकिएका काम पूरा हुँदा खुसी मिल्नेछ।

तुला- दाम्पत्य जीवनमा सामान्य वैचारिक मतभेद हुन सक्छ । धैर्य र सकारात्मक सोचले समस्या समाधान गर्न सहयोग पुर्‍याउनेछ । गुरुजनको सुझावले अनुभव र ज्ञान बढ्नेछ। आमाको आशीर्वाद तथा परिवारको साथले कार्यसफलता मिल्ने संकेत छ । सुरक्षित आर्थिक योजना तथा लगानीतर्फ ध्यान दिनु उपयुक्त हुन्छ।

वृश्चिक- साथी भाइसँगको भेटघाटका कारण जीवन साथीलाई पर्याप्त समय दिन नसकिए पनि व्यक्तिगत काम पूरा हुने सम्भावना छ । घर जग्गा खरिद बिक्री वा दीर्घकालीन लगानीका लागि दिन अनुकूल छ । परिवारमा धार्मिक वा शुभ कार्यसम्बन्धी समाचार प्राप्त हुन सक्छ । मेहनतअनुसार राम्रो लाभ मिल्नेछ ।

धनु- सामाजिक, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउने अवसर प्राप्त हुनेछ । यसबाट प्रतिष्ठा र पहिचान बढ्नेछ । आकस्मिक यात्रा हुन सक्ने सम्भावना छ, जसबाट पनि लाभ मिल्ने संकेत छ । मन प्रसन्न रहनेछ, तर कहिले काहीँ व्यवहारमा अनावश्यक कठोरता देखिन सक्ने भएकाले संयम अपनाउनुहोस्।

मकर- नयाँ विषय सिक्ने र अध्ययन गर्ने उत्साह बढ्नेछ । ज्ञान तथा सीप विस्तारमा ध्यान दिए राम्रो उपलब्धि हासिल गर्न सकिनेछ । करियरसँग सम्बन्धित महत्त्वपूर्ण योजनामा सफलता मिल्ने सम्भावना छ । निरन्तर मेहनत र लगनशीलताले प्रगतिको बाटो खोल्नेछ । जिद्दी, अहंकार र एकोहोरोपनबाट भने टाढा रहनु राम्रो हुनेछ।

कुम्भ- आज शरीरमा आलस्य र थकान महसुस हुन सक्छ । मानसिक शान्ति र पर्याप्त विश्राम आवश्यक देखिन्छ । खर्च नियन्त्रण गर्दै बजेट सन्तुलित राख्नु उपयुक्त हुनेछ । कुनै नयाँ योजनामा लगानी गर्नुअघि सबै पक्षको राम्रोसँग मूल्यांकन गर्नुहोस् । निर्णय लिन केही अन्योल हुन सक्छ । यस्तो अवस्थामा साथीभाइ वा सहकर्मीको सुझाव उपयोगी हुनेछ ।

मीन- गोप्य शत्रु वा प्रतिस्पर्धीबाट सजग रहनु आवश्यक छ । नयाँ रोजगारीको खोजीमा हुनुहुन्छ भने सकारात्मक परिणाम प्राप्त हुन सक्छ । सोच विचार गरेर उठाइएको जोखिमले राम्रो लाभ दिनेछ । विगतमा छुटेका अवसर वा गुमेका उपलब्धि पुनस् प्राप्त गर्ने सम्भावना छ । जिम्मेवारीपूर्ण व्यवहारका कारण प्रशंसा मिल्नेछ।

Facebook Comments Box
मन्त्री सिता बादीसँग राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घको पहिलो छलफल
१ दिन अगाडि

2.3kViews 306 Shares Share on Facebook Share on Twitter काठमाडौँ – नेपालभरका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका विभिन्न संस्था तथा सञ्जालहरूलाई…

TOP
499 Shares