

प्रहरीका पाँच एआईजीको सरुवा : राठौरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी
काठमाडौं । सरकारले नेपाल प्रहरीका उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर गर्दै पाँच जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत एआईजी ईश्वर कार्कीलाई प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागमा सरुवा गरिएको छ। त्यस्तै, प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत एआईजी सुशील सिंह राठौरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ।
यस्तै, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा एआईजी उमा चतुर्वेदीलाई पठाइएको छ भने सीआईबीमा कार्यरत एआईजी मनोज केसीलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ।
त्यसैगरी, मानव स्रोत विकास विभागमा कार्यरत एआईजी राजन अधिकारीलाई नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)मा सरुवा गरिएको छ।
प्रदेश समन्वय विभागमा कार्यरत एआईजी डम्बर विकलाई प्रशासन विभागको जिम्मेवारी दिइएको छ भने प्रहरी एकेडेमीमा कार्यरत एआईजी सिद्धीविक्रम शाहलाई कार्य विभागमा सरुवा गरिएको छ।
सरकारले नेपाल प्रहरी संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने उद्देश्यले उच्च तहको नेतृत्वमा जिम्मेवारी हेरफेर गरिएको जनाएको छ।
समाज
थप सामाग्री-
प्रहरीका पाँच एआईजीको सरुवा : राठौरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी
-
बर्दियामा २९ भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण
-
सरकारी कागजात मोबाइल एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
-
आज असार १८ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
-
सभामुख डि.पी. अर्यालद्वारा निर्माणाधीन प्रहरी वृत्त जनसेवा भवनको स्थलगत अनुगमन
मन्त्री सिता बादीसँग राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घको पहिलो छलफल
१ दिन अगाडि
2.3kViews 306 Shares Share on Facebook Share on Twitter काठमाडौँ – नेपालभरका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका विभिन्न संस्था तथा सञ्जालहरूलाई…





