

सरकारी कागजात मोबाइल एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कामकाजसँग सम्बन्धित आधिकारिक कागजातहरू मोबाइल स्क्यानिङ एपमार्फत स्क्यान नगर्न सबै संघ, प्रदेश र स्थानीय तहका निकायलाई निर्देशन दिएको छ।
सूचना प्रविधि शाखाले जारी गरेको परिपत्रमा डिजिटल सुरक्षा, तथ्यांक गोपनीयता र राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्देशन दिइएको उल्लेख छ।
कार्यालयका अनुसार बजारमा उपलब्ध क्याम स्क्यानरजस्ता बाह्य मोबाइल एप प्रयोग गर्दा स्क्यान गरिएका कागजात विदेशी सर्भरमा पुग्ने वा त्यहाँ भण्डारण हुने जोखिम उच्च रहन्छ। यसले सरकारी निर्णय, गोप्य टिप्पणी, नीतिगत दस्तावेज तथा संवेदनशील अभिलेख अनधिकृत रूपमा बाहिरिन सक्ने खतरा बढाउने चेतावनी दिइएको छ।
परिपत्रमा सरकारी कामकाजमा प्रयोग हुने सबै आधिकारिक कागजातको गोपनीयता, सुरक्षित अभिलेखीकरण र संरक्षण सुनिश्चित गर्नु सम्बन्धित कार्यालय तथा कर्मचारीको कानुनी तथा व्यावसायिक दायित्व भएको स्पष्ट पारिएको छ।
हाल सरकारी कार्यालयहरूमा मोबाइलबाट कागजात स्क्यान गर्ने र तस्बिर खिचेर नै पत्राचार तथा अभिलेख राख्ने प्रवृत्ति बढ्दै गएको भन्दै प्रधानमन्त्री कार्यालयले यसले सूचना चुहावटको जोखिम थप बढाएको जनाएको छ।
समाज
थप सामाग्री-
प्रहरीका पाँच एआईजीको सरुवा : राठौरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी
-
बर्दियामा २९ भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण
-
सरकारी कागजात मोबाइल एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
-
आज असार १८ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
-
सभामुख डि.पी. अर्यालद्वारा निर्माणाधीन प्रहरी वृत्त जनसेवा भवनको स्थलगत अनुगमन
मन्त्री सिता बादीसँग राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घको पहिलो छलफल
२ दिन अगाडि
2.3kViews 306 Shares Share on Facebook Share on Twitter काठमाडौँ – नेपालभरका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका विभिन्न संस्था तथा सञ्जालहरूलाई…





