

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई तेस्रोपटक ६ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि विशेष अदालतले तेस्रोपटक ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
दोस्रोपटक थप गरिएको तीन दिनको म्याद सकिएपछि बिहीबार उनलाई विशेष अदालतमा उपस्थित गराइएको थियो। अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले अनुसन्धानका लागि थप ६ दिन हिरासतमा राख्न आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरणलगायतका मुद्दामा अनुसन्धानका क्रममा विवादास्पद व्यापारी दीपक भट्टसँग आर्थिक कारोबार देखिएको आरोपपछि पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो।
यता, पौडेलको रिहाइको माग गर्दै उनकी पत्नीले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि भने सुनुवाइ जारी रहेको छ।
समाज
थप सामाग्री-
प्रहरीका पाँच एआईजीको सरुवा : राठौरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी
-
बर्दियामा २९ भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण
-
सरकारी कागजात मोबाइल एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
-
आज असार १८ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
-
सभामुख डि.पी. अर्यालद्वारा निर्माणाधीन प्रहरी वृत्त जनसेवा भवनको स्थलगत अनुगमन
मन्त्री सिता बादीसँग राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घको पहिलो छलफल
१ दिन अगाडि
2.3kViews 306 Shares Share on Facebook Share on Twitter काठमाडौँ – नेपालभरका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका विभिन्न संस्था तथा सञ्जालहरूलाई…





