ठमेलमा अश्लील क्रियाकलाप र प्रहरी दुर्व्यवहार आरोपमा ५ विदेशी महिला पक्राउ

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलबाट अश्लील क्रियाकलापमा संलग्न भएको आरोपमा पाँच जना विदेशी महिला पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेल क्षेत्रमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पुरुष पर्यटकहरूलाई अनावश्यक रूपमा बाटो छेकेर अश्लील क्रियाकलापका लागि मोलमोलाई गरी दुःख दिएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चार जना युगान्डा र एक जना इन्डोनेसियाका नागरिक रहेका छन् ।

प्रहरीका अनुसार पक्राउका क्रममा सम्झाइबुझाइ गर्ने प्रयास गर्दा उनीहरूले प्रहरीमाथि समेत अभद्र व्यवहार गरेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले उनीहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

Facebook Comments Box
मन्त्री सिता बादीसँग राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घको पहिलो छलफल
१ दिन अगाडि

2.3kViews 306 Shares Share on Facebook Share on Twitter काठमाडौँ – नेपालभरका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका विभिन्न संस्था तथा सञ्जालहरूलाई…

TOP
125 Shares