सुदूरपश्चिममा निरन्तर वर्षा, बाढी–पहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ। तराईदेखि पहाडी जिल्लासम्म वर्षा जारी रहेकाले बाढी, डुबान र पहिरोको जोखिम बढेको भन्दै सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलाली, कञ्चनपुर, दार्चुला, डडेल्धुरा लगायतका जिल्लामा निरन्तर वर्षा भइरहेको छ। केही स्थानमा भारी वर्षासमेत भइरहेको बताइएको छ। नदी, खोला तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले कञ्चनपुरमा पनि गएरातिदेखि भारी वर्षा भइरहेको जानकारी दिएका छन्। उनका अनुसार हालसम्म बाढी, डुबान वा अन्य अप्रिय घटनाको कुनै सूचना प्राप्त भएको छैन।

“वर्षा निरन्तर भइरहेकाले प्रहरी उच्च सतर्कतामा छ। सर्वसाधारणलाई पनि आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ,” डीएसपी रावतले बताए।

प्रहरी र स्थानीय प्रशासनले नदी तथा खोलाको सतह बढ्न सक्ने, कमजोर बस्ती तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन तथा अत्यावश्यक कामबाहेक जोखिमयुक्त स्थानमा नजान सर्वसाधारणलाई आग्रह गरेका छन्।

Facebook Comments Box
मन्त्री सिता बादीसँग राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घको पहिलो छलफल
२ दिन अगाडि

2.3kViews 306 Shares Share on Facebook Share on Twitter काठमाडौँ – नेपालभरका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका विभिन्न संस्था तथा सञ्जालहरूलाई…

TOP
498 Shares