

चार बालबालिकालाई बाँधेर कुटपिट गरेको आरोपमा चार महिला पक्राउ
बारा । मोबाइल चोरीको आरोप लगाउँदै चारजना बालबालिकालाई सार्वजनिक स्थानमा डोरीले बाँधेर कुटपिट गरेको घटनामा चार महिला पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित टांगिया बस्तीमा मंगलबार बिहान करिब ९ बजे उक्त घटना भएको हो । मोबाइल चोरीको आरोप लगाउँदै बालबालिकालाई सार्वजनिक चौतारामा रहेको बरको रुखमा डोरीले बाँधेर कुटपिट गरिएको सूचनापछि प्रहरीले अनुसन्धान थालेको थियो ।
घटनामा संलग्न रहेको आरोपमा स्थानीय ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवि कुमारी आले मगर, ३० वर्षीया रानिमाया मोक्तान र ४२ वर्षीया निर्मला वाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीले उनीहरूविरुद्ध बालबालिकासम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरेको छ । जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले जानकारी दिए ।
प्रहरीले घटनाबारे थप वस्तुगत अनुसन्धान जारी रहेको जनाएको छ ।
समाज
थप सामाग्री-
प्रहरीका पाँच एआईजीको सरुवा : राठौरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी
-
बर्दियामा २९ भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण
-
सरकारी कागजात मोबाइल एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
-
आज असार १८ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
-
सभामुख डि.पी. अर्यालद्वारा निर्माणाधीन प्रहरी वृत्त जनसेवा भवनको स्थलगत अनुगमन
मन्त्री सिता बादीसँग राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घको पहिलो छलफल
२ दिन अगाडि
2.3kViews 306 Shares Share on Facebook Share on Twitter काठमाडौँ – नेपालभरका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका विभिन्न संस्था तथा सञ्जालहरूलाई…





