

राजनीतिक पदमा रहेकालाई रेडक्रसबाट अलग हुन नेरेसोको आग्रह
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले राजनीतिक दल वा तिनका भ्रातृ संगठनका विभिन्न तहका पदमा रहेका व्यक्ति तथा जनप्रतिनिधिलाई रेडक्रसका समिति, आयोग र उपसमितिमा नबस्न आग्रह गरेको छ।
नेरेसोले जारी गरेको सूचनामा संस्थाको तटस्थता, निष्पक्षता र मानवीय मूल्य–मान्यता कायम राख्न विधान २०२० (अठारौँ संशोधन २०८२ सहित) अनुसार सक्रिय राजनीतिमा रहेका व्यक्तिहरू कुनै पनि तहका समिति, आयोग वा उपसमितिमा सदस्य वा पदाधिकारी रहन नमिल्ने व्यवस्था रहेको उल्लेख गरिएको छ।
सोसाइटीले दोहोरो भूमिकामा रहेको पाइएमा प्रचलित विधानअनुसार कारबाही हुने चेतावनी दिएको छ। साथै, रेडक्रसका कुनै पदाधिकारी वा सदस्य राजनीतिक दलका पदमा रहेको जानकारी भए तथ्यसहित [email protected] मा जानकारी गराउन पनि अनुरोध गरेको छ।
नेरेसोले विश्व रेडक्रस अभियानका सात सिद्धान्तअनुसार तटस्थ र निष्पक्ष मानवीय संस्थाका रूपमा आफ्नो भूमिका कायम राख्न यस्तो आग्रह गरिएको जनाएको छ। साथै, राजनीतिक प्रभावका कारण संस्थामा देखिएका समस्याप्रति अन्तर्राष्ट्रिय स्तरबाट समेत चासो व्यक्त हुँदै आएको उल्लेख गरेको छ।
समाज
थप सामाग्री-
प्रहरीका पाँच एआईजीको सरुवा : राठौरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी
-
बर्दियामा २९ भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण
-
सरकारी कागजात मोबाइल एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
-
आज असार १८ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
-
सभामुख डि.पी. अर्यालद्वारा निर्माणाधीन प्रहरी वृत्त जनसेवा भवनको स्थलगत अनुगमन
मन्त्री सिता बादीसँग राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घको पहिलो छलफल
१ दिन अगाडि
2.3kViews 306 Shares Share on Facebook Share on Twitter काठमाडौँ – नेपालभरका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका विभिन्न संस्था तथा सञ्जालहरूलाई…





