हेल्मेटबिना बुलेट चलाएका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा

धनगढी । हेल्मेट नलगाई बुलेट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ट्राफिक नियम उल्लंघन गरेको भन्दै मुख्यमन्त्री शाहलाई ५ सय रुपैयाँ जरिवानासहित चिट काटेको जनाएको छ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा शाह सरकारी निवास परिसरभित्र हेल्मेटबिना बुलेट मोटरसाइकल चलाइरहेको देखिएका थिए। भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा र आलोचना भएको थियो।

प्रमुख स्वकीय सचिव खनालका अनुसार उक्त घटना मंगलबार रातिको हो। सरकारी निवासमा ल्याइएको बुलेट मोटरसाइकलको परीक्षणका लागि मुख्यमन्त्रीले निवासको कम्पाउन्डभित्र केहीबेर चलाएका थिए। यद्यपि, हेल्मेट प्रयोग नगरेको विषयमा ट्राफिक प्रहरीले नियमअनुसार कारबाही गरेको जनाएको छ।

Facebook Comments Box
मन्त्री सिता बादीसँग राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घको पहिलो छलफल
१ दिन अगाडि

2.3kViews 306 Shares Share on Facebook Share on Twitter काठमाडौँ – नेपालभरका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका विभिन्न संस्था तथा सञ्जालहरूलाई…

TOP
232 Shares