‘नेपाली ब्रो’ कुमार थापाविरुद्ध श्रीमतीको हत्या आरोपमा जन्मकैदको माग

काठमाडौं । सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई आफ्नै श्रीमती ईश्वरी भुजेलको योजनाबद्ध हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला सरकारी वकिलको कार्यालयले थापासहित अन्य चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा जन्मकैदको मागसहित अभियोगपत्र दर्ता गरेको छ।

प्रहरीका अनुसार सैनिक ब्याण्डमा सुवेदार रहेकी ईश्वरी भुजेलको जेठ २२ गते काठमाडौंको तारकेश्वर नगरपालिका–६, लोलाङमा हत्या गरिएको थियो। प्रारम्भिक अनुसन्धानबाट कुमार थापाको अर्की युवतीसँगको सम्बन्धका कारण दम्पतीबीच लामो समयदेखि विवाद भइरहेको र ईश्वरीले सम्बन्धविच्छेद तथा वैवाहिक मुद्दा दायर गरेपछि घटनाको योजना बनाइएको आरोप लगाइएको छ।

अनुसन्धानका क्रममा अदालतमा सम्बन्धविच्छेदको पेशी परेकै दिन कुमारले बाटो ढुकेर घर फर्किरहेकी ईश्वरीमाथि धारिलो हतियार र फलामको रड प्रहार गरी हत्या गरेको अभियोग लगाइएको छ।

घटनामा संलग्न रहेको आरोपमा कुमार थापासहित प्रतिक्षा आचार्य, पुजन थापा क्षेत्री र विक्रम थापा मगरलाई प्रतिवादी बनाइएको छ। सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिताअनुसार उनीहरूमाथि जन्मकैदको सजाय माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको जनाएको छ।

प्रहरीले घटनास्थलको अनुसन्धान, सिसिटिभी फुटेज तथा अन्य प्रमाणका आधारमा थप अनुसन्धान सम्पन्न गरी अभियोगपत्र दायर गरेको जनाएको छ।

Facebook Comments Box
मन्त्री सिता बादीसँग राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घको पहिलो छलफल
१ दिन अगाडि

2.3kViews 306 Shares Share on Facebook Share on Twitter काठमाडौँ – नेपालभरका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका विभिन्न संस्था तथा सञ्जालहरूलाई…

TOP
424 Shares